
आर्टिष्ट खबर/ असार,काठमाडौं।
लामो समयदेखि ‘गीत’को भूमिकालाई लिएर उच्च चर्चामा रहेको बहुप्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’का निर्माण टिमले अन्ततः गीत पाएका छन्। टिमले केही हप्तादेखि ‘गीत’को भूमिकालागि अडिसन आह्वान गरेका थिए। हाल भने निर्माण टिमले चलचित्रकालागि ‘गीत’ पाइसकेको छ। ‘गीत’को भूमिकामा रहँने अर्थात मुख्य अभिनेत्रीको नाम हो क्रिस्टिना गुरुङ । उनी ‘प्रेमगीत ३’मा अभिनेता प्रदीप खड्का अर्थात प्रेमको गीत बन्ने छिन् । आइतबार निर्माण टिमले ‘गीत’को भूमिकामा क्रिस्टिना फाइनल भएको घोषणा गरेको छ। अमेरिकामा बस्दै आएकी क्रिस्टिना अडिसनकै लागि भनेर अमेरिकाबाट नेपाल आएकी थिइन् ।
निर्माण टिमले गरेको अडिसन आह्वानमा २७ सय बढीले आवेदन दिएका थिए । जसमध्ये २५ जना युवती उत्कृष्टको लिस्टमा परे। ती २५ जना युवतीहरुमध्ये निर्माण टिमले उनीहरुको लुक्स, बिचार, अभिनय क्षमता, सुन्दरता र उचाईको मुल्याकंन गर्दै ‘गीत’को भूमिकामा क्रिस्टिनालाई उत्कृष्ट पाएको र प्रदीपसँग क्रिस्टिनाको जोडी सुहाएको निर्माता सन्तोष सेनले बताए ।क्रिस्टिना हाल अमेरिकाको बाल्टिमोर युनिभर्सिटीमा आइटी बिषयमा स्नातक गर्दैछिन्। नेपालमा 'प्लस टु'सम्मको अध्ययन सकेर उनी बाँकी अध्ययनका लागि उनी परिवारसँग अमेरिकामा बस्दै आएकी हुन् । उनले केही म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छन् ।
छेतन गुरुङ्ग र सन्तोष सेनको संयुक्त रुपमा निर्देशन रहने यस चलचित्रको कथा छेतेन गुरुङ्ग र मन्दिप गौतमले लेखेका हुन्। चलचित्र निर्देशक सन्तोष सेन र विजय चामलिङ्ग मिलेर निर्माण गर्दैछन् ।‘ चलचित्रमा प्रदीप र क्रिस्टिनासँगै शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी सुनिल थापालगायतका कलाकारहरुको अभिनय रहनेछ । ‘अ फर्बिडन लभ स्टोरी’ भनिएको ‘प्रेमगीत ३’ नयाँ वर्षको छेको पारेर चैत २८ गतेबाट प्रदर्शनमा आउने छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । आगामी जेठ १४ शनिबार काठमाडौंको दशर
May 24, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: