
आर्टिष्ट खबर/ असार, काठमाडौं ।
दीपक-दीपाको टिमद्दारा निर्मित चलचित्र ‘छ माया छपक्कै’मा समावेश एक गीत बाहेक अन्य काम सकिएको छ। एक गीत बाहेक चलचित्रको छायांकन ३८ मा सकिएको निर्माता रोहित अधिकारीले बताएका छन्। दिपेन्द्र लामाले निर्देशन गरेको यो चलचित्र आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।
चलचित्रको छायांकन सकिएलगतै यसको ओभरसिज राइट्स विक्री भएको छ। छायांकन पूरा नहुँदै एकदमै महँगो मुल्यमा ओभरसिज राइट्स विक्री भएको हो। चलचित्रको ओभरसिज राइट्स निशान बजगाँइले खरिद गरेका हुन् । निशानले १ करोड १५ देखि १ करोड २० लाखको विचको हाराहारीमा आफूले ओभरसिज राइट्स किनेको बताएका छन् ।
बताइए अनुसार उनले १ करोड १६ लाखमा ओभरसिज राइट्स किने खरिद गरेका हुन्। साथै उनले अब यो चलचित्र विदेशमा समेत प्रर्दशन गर्ने सकिने बताएका छन्। अब केही दिनमै यस चलचित्रमा समावेश लोक शैलीको गीत काठमाण्डौमा खिच्ने निर्माणपक्षको तयारी रहेको छ। ‘छ माया छपक्कैमा दिपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। हरि हुमागाइँको छायांकन रहेको यस चलचित्र दशैंमा प्रर्दशनमा आउनेछ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । आगामी जेठ १४ शनिबार काठमाडौंको दशर
May 24, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: