
आर्टिष्ट खबर/ असार, काठमाडौं ।
चलचित्र ‘सानो मन’ टिम हाल आफ्नो चलचित्र प्रचारप्रसारमा हात धोएर लागेको छ। चलचित्रको प्रचार प्रभावकारी बनाउन टिमले काठमाडौं देखि मोफसलसम्म प्रचार सम्पन्न गरिसकेको छ। गएको शुक्रबार चलचित्र युनिटले चितवनका सञ्चारकर्मी बिच कार्यक्रम गरेर चलिचित्रको बारेमा जानकारी गराएको थियो। चलचित्र प्रचार गर्ने यस चलचित्र टिमले एक नयाँ जुक्ती अपनाएको छ। इच्छुक हरुले अडियन्सले यस चलचित्रको शिर्ष गीत गाएको भिडियो पठाउने र त्यो मध्य उत्कृष्ट भिडियो पठाउने एक जनाले गायक रोहितजोन क्षेत्रीसँग गीत गाउने अवसर पाउँनेछन्। ‘सानो मन’ टिमले उक्त उत्कृष्ट गीतको भिडियो समेत बनाउने बताएको छ । नयाँ प्रतिभालाई प्रोत्साहन गर्नकालागि यस्तो कार्यक्रमको घोषणा गरेका निर्माण टिमले जनाएका छन् । शिर्ष गीत गाउनेहरुको जज गायक क्षेत्री स्वयंले गर्नेछन् । चलचित्रको शिर्ष गीतमा सुयोग सोताङ्गको संगीत रहेको छ भने रोहित जोन क्षेत्रीको स्वर तथा स्वप्निल शर्माको शब्द रहेको छ ।
सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको यस चलचित्रमा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । ओ।पि।जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको यस चलचित्रलाई आलोक शुक्लले छायांकन गरेका छन् । काठमाडौं, भैरहवा, बैंकक लगायतका ठाउँहरुमा छायांकन भएको यस चलचित्रका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के। मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् प्रोडक्सन डिजाइनर यम ओली हुन् । चलचित्रका कला निर्देशक रबिनकाजी शाक्य हुन् भने मेकअप आर्टिस्ट श्रद्दा मास्के र कृति जोशी हुन्। म्युजिकल लभस्टोरी रहेको यस चलचित्रको ट्रेलर पनि सार्वजनिक भईसकेको छ । ट्रेलरलाई अधिकांश दर्शकले रुचाएका छन् । असार २७ गतेबाट मुलुक भरका हलहरुमा चलचित्र प्रर्दशनमा आउनेछ ।
song:
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नयाँ चलचित्र ‘२ नम्बरी’को प्रदर्श
August 09, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अमेरिकाको एटलान्टामा ४ देखि ७ अगष
August 09, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: