
आर्टिष्ट खबर/ असार, काठमाडौं ।
जेठ ३ गतेबाट सार्वजनिक प्रर्दशनमा आएको चलचित्र 'जात्रै जात्रा'ले प्रदर्शनको ५१ दिन मनाएको छ। निर्माण टिमले शनिबार काठमाडौंमा ७ वटा हलमा दर्शकमाझ केक काटेदै प्रदर्शनको ५१ दिन मनाएको हो। शनिबार दिउँसो सुन्धारास्थित सिभिल मल, बालाजुस्थित बिएसआर, चाबाहिलस्थित एफक्युव,बिग मुभिज,लगायतको हलमा निर्देशक प्रदीप भट्टराई, निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँ, कलाकार रविन्द्र झा, नायिका बर्षा राउतको उपस्थितमा दर्शकमाझ केक काटिएको थियो। चलचित्रले काठमाडौंमा ७ वटा हलमा प्रदर्शनको ५१ दिन मनाउँन सफल भयो तर मोफसलतर्फ भने ५१ दिन मनाउन सकेन ।
साँझपनि अन्य कलाकार तथा मिडियाहरुको उपस्थितीमा ५१ दिन सेलिव्रेसनको बिषेश कार्यक्रम राखिएको थियो । दर्शकको माया र चलचित्रको सफलताबाट निर्माण टिम लतायत कलाकार निकै खुसी देखिएका थिए । प्रदीप भट्टराईको डेब्यू चलचित्र 'जात्रा'ले नै प्रर्दशनको ५१ दिन पुरा गरेका थियो । उनी निर्देशित दोश्रो चलचित्र 'शत्रुगते' र तेश्रो चलचित्र 'जात्रै जात्रा'ले पनि प्रदर्शनको ५१ दिन पुरा गरेपछि उनी ५१ दिनसम्म चल्ने चलचित्रमा ह्याट्रिकहान्न सफल भएका छन् । यस वर्षको सर्वाधिक धेरै नाफा कमाउने सुचीमा समेत ‘जात्रै जात्रा’ पर्न सफल भएको छ।
video
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । आगामी जेठ १४ शनिबार काठमाडौंको दशर
May 24, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: