
आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के अभिनित चलचित्र ’सानो मन’ले खासै ब्यापार गर्न नसकेपनि दर्शक तथा फिल्मकर्मीहरुबाट सर्वाधिक प्रशंसा पाएको छ। बिहीबार साँझ राजधानीको क्यूज सिनेमा हलमा बिषेश शो आयोजना गरेको थियो। केकी अधिकारी, नम्रता श्रेष्ठ, रीमा बिश्वकर्मासँगै निर्देशक दीपाश्री निरौला, अभिनेता दीपकराज गिरी, त्यसैगरी हास्य कलाकारहरु दीपक आचार्य, अर्जुन घिमिरे ’पाँडे’, केदार घिमिरे ’माग्ने बुढा’, कुमार कट्टेल ’जिग्री हजुर’,लगायतले उपस्थिती जनाएका थिए ।
शोमा ’सानो मन’ टिम तथा चलचित्रलाई निकै तारिफ मिलेको छ। नव निर्देशक सुयोग गुरुङ्गको कामलाई बिशेष तारिफ गरिएको छ। सबैले उनले राम्रो चलचित्र बनाएको बताएका छन् । नायक आयुष्मान देशराज जोशीले पनि अहिलेसम्मकै उत्कृष्ट अभिनयको प्रतिक्रिया प्राप्त गरेका छन्। आयुष्मान र शिल्पाको जोडीलाई सर्वाधिक रुचाईएको छ। सञ्चारकर्मीसँगको कुराकानीमा नायिका केकी अधिकारीले चलचित्र हेरिसकेपछि दर्शकलाई सानो मन हेर्नको लागि अनुरोध गरिन् । उनले नेपाली चलचित्रलाई माया गर्ने दर्शकले यो चलचित्र हेर्नैपर्ने बताइन्। यसैगरी नायिका नम्रता श्रेष्ठले चलचित्र निकै राम्रो बनेको सबैको काम राम्रो र चलचित्रका धेरै दृश्यहरुले आफूलाई निकै भावुक बनाएको बताइन् । नायिका रीमा बिश्वकर्माले चलचित्रको अन्त्यतिर पुगेपछि आफु रोएको बताईन्। उनले पनि दर्शकलाई सानो मन हेर्न अनुरोध गरिन्। महिला निर्देशक तथा कलाकार दीपाश्री निरौलाले चलचित्रमा कलाकारहरुको अभिनय देखेर आफू मोहित भएको बताइन्। केदार घिमिरेले फरक कथामा बनेको चलचित्रमा कलाकारले सुहाउँदो अभिनय गरेको बताए ।चलचित्रको अन्तिममा भावुक भएको बताए। यसैगरी कलाकार दीपकराज गिरीले चलचित्रमा आफूलाई कलाकारको अभिनय र छायांकन पक्ष निकै मन परेको बताए । यसैगरी सबै उपस्थिती कलाकारहरुले चलचित्र मनपराएका छन् । चलचित्रको प्रशंसा गरेका छन् ।
सुयोग गुरुङ्गले निर्देशन गरेको ’सानो मनमा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ । यसै चलचित्रबाट निर्देशक गुरुङ्ग निर्देशनमा आएका हुन् । आलोक शुक्लाको डि।ओ।पि। रहेको चलचित्र सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी गरेको यो चलचित्र निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् भने प्रोडक्सन म्याजेनर यम प्रसाद ओली हुन् ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नयाँ चलचित्र ‘२ नम्बरी’को प्रदर्श
August 09, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अमेरिकाको एटलान्टामा ४ देखि ७ अगष
August 09, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: