आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
यहि साउन २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘साइनो’मा समावेश आइटम गीत सार्वजनिक गरिएको छ। ‘क्या बात छ’ बोलको गीतमा शब्द यमन सुवेदी र संगीत किरण भुषालको छ। भिडियोमा नायिका नीता ढुंगानाको आकर्षक नृत्य देख्न सकिन्छ। साथमा नायक राजकुमार र राजा राजेन्द्र पोखरेल पनि छन्। नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको यो चलचित्र चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। रमेश थापाको निर्देशन रहेको ‘साइनो’मा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ।
चलचित्र साइनो यहि साउन २४ गते प्रदर्शन हुनेछ। चलचित्र अभिमन्यु निरबीले लेखेका छन्। शरण थापा कार्यकारी निर्माता रहेको ‘साइनो’मा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । अहिले साइनोले प्रचारप्रसारलाई समेत तिव्र बनाएको छ। मुलधारका नेपाली चलचित्र बन्न नसकेको बेला प्रदर्शनमा आउन लागेको यो चलचित्रले दर्शकको मन जित्नेमा निर्माण पक्ष विश्वस्त छ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: