आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
चलचित्र ‘साइनो’ले सेन्सरबोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । ‘साइनो’ हेर्न अब १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथ लिनुपर्ने छ। नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको ‘साइनो’ मौलिक, सामाजिक कथावस्तु बोकेको शुद्ध नेपाली चलचित्र भएको निर्देशक रमेश थापाले बताए। चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित यो चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ।
शरण थापा कार्यकारी निर्माता रहेको ‘साइनो’मा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ। चलचित्र साइनोलाई ब्यांकेटस् इन्टरटेनमेन्टले नेपाल वितरणको जिम्मा लिएको छ । आउँदो शुक्रबार बाट यो चलचित्र प्रदर्शनमा आउने तयारीमा रहेको छ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: