कार्तिकमा सितलको ‘सम्हाली राख है’

Posted on: September 26, 2019
आर्टिष्ट खबर/ असोज, काठमाडौं । 

अभिनेता सितल केसीको मुख्य अभिनय रहेको चलचित्र ‘सम्हाली राख है’ आउँदो कार्तिक २९बाट प्रदर्शनमा आउँने भएको छ। आरएल मोक्तानको निर्देशीत यो चलचित्रमा सितलसँगै अर्जुन कुवँर, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की लगायत कलाकारको अभिनय रहेको छ। चलचित्र अहिले पोष्टप्रोडक्सनको अन्तिम चरणमा छ। तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा शंकर कार्कीको प्रस्तुति रहेको फिल्म हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् । श्यामकृष्ण महर्जन सह निर्माता रहेको चलचित्रमा बिक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको एक्सन, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत समेटिएको छ। शंकर अधिकारी घायल र दीपक रमणको शब्द रहेको गीत हिमाल सागर,अनु चौधरी र नित्या शिवाले गाएका छन् । निर्देशक आर एल मोक्तानकै पटकथा सम्वाद रहेको चलचित्रका मुख्य सहायक निर्देशक सुमन चापागाइ हुन् । काठमाडौ, कुलेखानी र दोलखाको आकर्षक दृश्य फिल्ममा समेटिएका छन् । फिल्म सबै नेपालील हेर्नु पर्ने बनेको निर्देशक मोक्तानले बताए ।

युवायुवतीमा अहिले मौलाएको प्रेमकथालाई आकर्षक तवारले समसामहिक बिषयबस्तुसँग मिश्रण गरेर सन्देश मुलक प्रस्तुतिका साथ चलचित्र निर्माण भएको निर्माता हरिकृष्ण महर्जनले बताए। ‘नेपाली चलचित्रमा अर्गानिक कथाको माग हुँदै आएको छ’ निर्माता महर्जनले भने ‘आफ्नै कथामा दर्शकका लागि राम्रो फिल्म दिन ‘सम्हाली राख है’ बनेको हो ।’ कसैले उपहार दिन्छ भने त्यो सम्हालेर राख्नु पर्ने सन्देश समेत चलचित्रले दिने निर्माता महर्जनले बताए ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]