पोष्टरमा १२ सत्ताईस चलचित्र

Posted on: November 01, 2019
आर्टिष्ट खबर/ कात्र्तिक, काठमाडौं ।  

निर्देशक जोन योञ्जनको निर्देशनमा तयार भएको सिनेमा ‘१२ सत्ताईस’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सिनेमा भित्रका सम्पूर्ण प्रमुख पात्रहरुलाई स्थान दिइएको छ । डेब्यु निर्देशक  जोन योञ्जन निर्देशनमा तयार भएको यस सिनेमामा प्रमुख कलाकारहरु समिरश्रेष्ठ, अभिषेक नेपाल ,काजि राना , अस्मिता लामिछाने,समरांत थापा ,अभोन राज उप्रेती , भिष्म जोशी ,अस्मिता खनाल , बिना कार्की  लगायतकाको प्रमुख अभिनय रहेको छ। फरक भिजोल कमेडी फ्लेबरमा बनेको यस सिनेमाले ३ जना युबा बेरोजगारहरुको कथा समेटेको छ। उत्कृष्ट सिनेमा बनाउन स्टार काष्ट नै चाहिन्छ भन्ने छैन  कथा र पात्र बलियो भए सिनेमा राम्रो बन्छ र हाम्रो सिनेमाले नि दर्शकको मन जित्छ’ निर्देशक जोन योञ्जन। 

ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस सिनेमा लाई रेणु राना ,दिपक खातियोडा र रुपक थापाले निर्माण गरेकाछन भने चलचित्रका लागी सह निर्माताको रुपमा गौतम शाहाको लगानी रहेको छ। आगामी मंसिर २७ गते बाट प्रदर्शनमा आउने यस सिनेमा लाई काफिया फिल्म्स र श्री ब्याङ्कटेश ईण्टटेण्टमेण्टले बितरणको जिम्मा लिएको छ ।  निर्देशक  जोन योञ्जन कै कथा रहेको यस सिनेमामा दिपक आर्जेको संगीत रहेको छ।  गिरिस खतियोडा र दिपक आर्जेको शब्द रहेको यस सिनेमा लाई अनिश स्याङ्गदेनले खिचेका छन् चलचित्र कृष्ण भण्डारीले सम्पादन गरेका छन् ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]