'शत्रु गते'लाई युट्युवमा तारिफ

Posted on: November 14, 2019
आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।  

गएको बर्षको चैतमा प्रदर्शन भई सफल मानिएको नेपाली चलचित्र ‘शत्रु गते’ इन्टरनेट रिलिज अर्थात युट्युवमा सार्वजनिक गरिएको छ । प्रदीप भट्टराई निर्देशीत यो चलचित्र युट्युवमा आएको २४ घण्टामै लगभग एक मिलियन भ्युज कमाउन सफल भयो । 

नेपाली युट्युवको ट्रेन्डिङमा भारतीय चलचित्रले कब्जा जमाइरहेका बेला नेपाली चलचित्र सार्वजनिक गरिएको हो । यो चलचित्रका लागी आएका प्रतिक्रिया केलाउने हो भने अधिकांशले चलचित्रको तारिफ गरेका छन् । कतिले हलमा रिलिज भएको छिट्टै नै हेर्न पाउँदा खुसी ब्यक्त गरेका छन् भने कतिले धेरैपछि राम्रो नेपाली चलचित्र हेर्न पाएको प्रतिक्रिया दिएका छन् । महसञ्चारले निर्माण गरेको ‘शत्रुगते’ले  हलमा ५१ दिन मनाउन सफल भएको थियो ।

धेरै दर्शकले महजोडीको सम्मान गर्दै र महजोडीले बनाउने कुनैपनि चलचित्र, टेलिसिरियल सन्देश मुलक हुन्छ भन्दै पनि चलचित्र हेरेको बताएका छन् । इन्दिरा जोशी नामकी एक युट्युव प्रयोगकर्ताले प्रतिक्रियामा लेखेकी छिन् ‘हाँस्यकला क्षेत्रको पिताहरुको सिनेमा नहेर्ने कुरा नै भएन ।’ यस्तै कमल सोल्टी नामका अर्का प्रयोगकर्ता लेख्छन् ‘महको कुनै फिल्म, सिरियल हेर्न चाही छोड्दिन पो म त, सन्देश मुलक हुन्छ ।

यस्तै चलचित्र हेर्दैगर्दा र नेपाली युट्युवको ट्रेन्डिङमा भारतीय चलचित्रले स्थान पाएको देख्दा कतिपयले सिमा पिच्ने भारतको चलचित्र भन्दा नेपाली चलचित्रलाई नै माया गरौं भन्दै पनि लेखेको पाइन्छ । सुभास आचार्य लेख्छन् ‘नेपालको कालापानी हाम्रै हो यसलाई नछोउ भनेर ज्यान दिने एता,  म केराला बाट ।’ चलचित्रमा हास्य कलाकारद्वय हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा लगायत चलचित्रको मुख्य भूमिकामा छन् ।

full Movie:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]