आर्टिष्ट खबर/ माघ, काठमाडौं ।
जातीय विभेद र उन्मुलनको उपायलाई कलात्मक रुपमा अभिव्यक्त गर्ने २० लघु फिल्म प्रतियोगिताबाट छनौट भएका छन् । नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेद विरुद्ध घोषणा गरेका लघु फिल्म प्रतियोगिताबाट छनौट गरिएको निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले जानकारी दिनुभयो ।
पराजुलीका अनुसार ६ सदस्यीय निर्णायक समूहले जातीय विभेद र उन्मुलनको उपायलाई कलात्मक रुपमा अभिव्यक्त गर्ने २० फिल्मलाई प्रारम्भिक चरणमा छनौट गरेको हो । निर्देशक समाज र युनडीपीले जातप्रथा र यसको उन्मुलनका उपाय समेटिएका कथा ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्ने गरी केही समय अघि सूचना प्रकाशित गरिएको थियो ।
कानुनन्याय, तथा संसदीय व्यवस्था मन्त्रालयका सह सचिव फणिन्द्र गौतम, वरिष्ठ निर्माता÷निर्देशक तथा कलाकार नीर शाह, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कलाकार लक्ष्मी बर्देवा, ए टु जेड प्रोजेक्ट म्यानेजर वसन्त अधिकारी र युएनडीपीका प्रमुख सूचना अधिकृत कमलराज सिग्देल सम्मिलित निर्णायक मण्डलले प्राप्त फिल्मबाट २० फिल्म छान्नुभएको हो । चलचित्र निर्देशक समाजका महासचिव पराजुलीले प्राप्त ५६ फिल्मबाट २० फिल्म छनौट गरिएको जानकारी गराउनु भयो ।
छनौट भएका फिल्ममा वाशिष्ठ प्रधानको ‘दिबास्केट’, सुरेन्द्र प्रजापतिको ‘शून्य’, सुदन सिंह ठकुरीको ‘सेम’, सरानाश्रेष्ठको ‘सामना’, बालकृष्ण बंशीको ‘पुमावाङगु म्हगास’, हाफटाइम क्रिएसनको ‘पीडा’, रनधीर श्रेष्ठको ‘परी’, राजेश श्रेष्ठको ‘नयाँजुत्ता’, अतीनश्रेष्ठको ‘म स्वयं नेपाली’ साफुको ‘म म नै हुँ’आशिषशर्मा पंगेनीको ‘क ख ग घ’ छिन्न मस्ता फिल्मस्को ‘आइ एम नट ह्युमन’, नगेन्द्र राईको ‘हि इज माई गड’, मेरियन राजभण्डारीको ‘गंगा’ सन्तोष सरकारको ‘फू’, काव्यालय प्रडक्सनको ‘चेत’, विनोद पुडासैनीको ‘भगवान सबैको’ प्रतीक सिंह एन्ड टिमको ‘ब्याटल अगेन्स्ट डिस्क्रिमिनेसन’शर्मा क्रिएसनको ‘अछोप’, प्रकाश सुब्बाको ‘फ्लावर’ रहेका छन् ।
छनौट भएका यी फिल्म अबको दुई हप्ता दर्शकको अवलोकनका लागि विभिन्न सामाजिक सञ्जालमा राखिन्छन् । यहाँ फिल्मले पाउने दर्शक तथा प्रतिक्रियाएवम् निर्णायकको निर्णयका आधारमा विजेता फिल्मको घोषणा गरिनेछ । दर्शकले दिने प्रतिक्रियाको अंकभार ५० प्रतिशत रहनेछ भने ५० प्रतिशत निर्णयमा निर्णायकको हात रहनेछ ।
प्रतियोगितामा पहिलो हुने फिल्मले २ लाख रुपैँया, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार रुपैँयाप्राप्त गर्नेछन् ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । भगवान श्रीकृष्णको जन्मदिन अर्थात
August 15, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अभिनेता तथा निर्माता विक्रम डि जो
August 15, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: