आर्टिष्ट खबर/ असार, काठमाडौं ।
अहिले बर्षातको समयमा हलसम्म पुगेर चलचित्र हेर्ने दर्शक निकै कम छन्। त्यसमाथि हलिउड र बलिउडको दब्दबा रहेको नेपाली मल्टिप्लेक्स हलहरुमा नेपाली चलचित्र हेर्ने दर्शक मुस्किलले भेटिन्छ। यसैबिच गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘सानो मन’टिम पनि हलहलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेको छ । दर्शकको संख्या कत्तिको छ र दर्शकले आफ्नो चलचित्रलाई कुन रुपले लिएका छन् भन्ने बुझ्नका लागी चलचित्रका मुख्य कलाकार नायक आयुष्मान देशराज जोशी र नाकिया शिल्पा मास्के शुक्रबार देखी नै राजधानीका बिभिन्न हल–हलमा पुगेका छन्। बिहीबार सम्पन्न प्रिमियर शोबाट राम्रो प्रतिक्रिया बटुलेसँगै चलचित्र टिमलाई केहि राहत बढेको छ कि चलचित्र हेर्न दर्शक पक्कै आउनेछन् । अहिले नेपाली हलहरुमा ‘सानो मन’हेर्न दर्शकको संख्या औषत मान्न सकिन्छ ।
नव निर्देशक सुयोग गुरुङ्गको कामलाई तारिफ गरिएको छ। उनले राम्रो चलचित्र बनाएको दर्शकले बताएका छन् । नायक आयुष्मान देशराज जोशीले पनि अहिलेसम्मकै उत्कृष्ट अभिनयको प्रतिक्रिया प्राप्त गरेका छन्। आयुष्मान र शिल्पाको जोडीलाई रुचाईएको छ । चलचित्रको संगीत पक्षले पनि राम्रो तारिफ पाएको छ । बेला बेला हाँस्ने दर्शकहरु चलचित्रको अन्त्यसम्म आईपुग्दा भावुक बनेका थिए। शुक्रबार अबिरल बर्षा भएपनि चलचित्रलाई शनिबार भने मौसमले साथ दियो । ‘सानो मन’ शुक्रबारदेखी देशैभरका मल्टिप्लेक्स सहित सिंगल स्क्रिनहरुमा एकसाथ रिलीज भएको हो। चलचित्र ‘म्यूजिकल लभ स्टोरी’मा बनेको छ । बिशेषतः युवाहरुको मनोविज्ञानलाई यथार्थपरक शैलीमा प्रस्तुत गरिएको ‘सानो मन’लाई हरेक उमेर समूहका दर्शकले चलचित्रलाई उत्तिकै रुचाउने अनुमान गरिएको छ।
चलचित्रमा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ । यसै चलचित्रबाट निर्देशक गुरुङ्ग निर्देशनमा आएका हुन् । आलोक शुक्लाको डि.ओ.पि. रहेको चलचित्र सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी गरेको यो चलचित्र निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् भने प्रोडक्सन म्याजेनर यम प्रसाद ओली हुन् ।
यस्तै ललितपुरस्थित मानभवनमा सञ्चालनमा आएको इन्टरनेशनल इन्ष्टिच्युट अफ फेसन टेक्लोजी (आईआईएफी)को शाखा उद्घाटन गर्न आयुष्मान र शिल्पा पुगेका छन् । बागबजारमा मुख्य कार्यालय रहेको आईआईएफटी फेसन अफ कलेजको उक्त शाखाको शनिबार एक समारोहबीच अभिनेता आयुषमान र अभिनेत्री शिल्पासँगै ललितपुर चेम्बर्स अफ कर्मसका अध्यक्ष कृष्णलाल महर्जन र आईआईएफटी अध्यक्ष सर्मिष्ठा श्रेष्ठले उद्घाटन गरे।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: