आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
हाल प्रर्दशनरत हरर चलचित्र ‘घर’ ले राम्रो ब्यापार गर्दै दर्शक तथा फिल्मकर्मीहरुबाट सर्वाधिक प्रशंसा पाइरहेको छ। शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्रले निर्माणपक्षले बताएअनुसार हालसम्म ५० लाख माथि ब्यापार गरिसकेको छ । मल्टिप्लेक्स र सिंगल दुबैमा चलचित्रको व्यापार राम्रो हुदै चलचित्रले आक्रमक ब्यापार गर्ने संकेतले निर्माण टिम उत्साहित देखिएका छन्। ६० लाख रुपैयाँको लगानीमा बनेको चलचित्रले दुईदिनमै ५० लाख माथि ब्यापार गरेको छ । निर्देशक अर्पण थापाको लेखन तथा निर्देशन रहेको चलचित्र डीएस डिजिटलको प्रस्तुतिमा तयार भएको हो । डीएस डिजिटलका सदस्य दिपेन्द्र के खनालले चलचित्र हेर्ने दर्शकको चाप बढिरहेकोले आफुहरुलाई हौसला मिलेको बताएका छन् । यसअघि थापाकै निर्दैशनमा बनेको 'सुनकेसरी'ले सोचेजस्तो दर्शक पाउँन सकेन।'सुनकेसरी'ले तर्साउने भन्दापनि हसाउँने भन्दै दर्शकले प्रतिक्रिया जनाएका थिए। ।
यस चलचित्रले भने दर्शकको राम्रो साथ पाउँछ भन्नेमा निर्देशक चलचित्र प्रर्दशनमा आउनु अघिनै ढुक्क थिए। किनभने 'सुनकेसरी'मा दर्शकको प्रतिक्रिया र माग अनुसार ‘घर’ बनाएको उनले बताएका थिए । दर्शकका लागि 'सुनकेसरी' कमेडी बनेपनि ‘घर’ले भने दर्शकको मनमा लगातार डर पैदा हुने प्रर्दशन अघिनै बताएका थिए। हाल निर्माण टिमले आफूहरुले अपेक्षा गरेअनुसारको सकारात्मक प्रतिक्रिया पाइरहेका छन्। दिपेन्द्र के खनालका अनुसार चलचित्र चित्त बुझ्ने गरी पुरा नभएको र दर्शकले ‘घर २’ को माग गरेको बताएका छन् । उनले पनि 'घर'को सिक्वेलको बन्ने संकेत गरेका छन् ।
निर्देशन सँगै चलचित्रमा अर्पण थापाको पनि अभिनय रहेको छ। उनको अलवा अस्मिता खनाल, बेनिशाा हमाल, सुरक्षा पन्त, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको मुख्य भूमिका रहेको छ। चलचित्रमा शर्मिला पाण्डेको लगानी रहेको छ। अभिनेत्री बेनिशा हमाल भुत बनेको चलचित्रमा सुरक्षा र अर्पणले श्रीमान श्रीमतीको भूमिका निभाएका छन् ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: