
आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
नायक सलोन बस्नेत निर्देशक तथा कलाकार सोभित बस्नेतका छोरा हुन् । सलोनले अभिनय गरेका अधिकांश चलचित्र दर्शकले मन पराएका छन् अर्थात उनको भूमिका रुचाएका छन् । सलोन धेरै चलचित्रमा सहनायकको रुपमा देखिदै आएका छन् । उनलाई दर्शकले हाँस्य तरिकाले प्रस्तुती भएकै रुचाउँदै आएका थिए । तर दुईसाता अघिप्रदर्शनमा आएको चलचित्र ‘बाबु कान्छा’मा सलोन मुख्य भूमिकामा देखिए । मुख्य नायक भइरहँदा चलचित्रमा धेरै रुने दृश्य पनि छन् । मायाप्रेमको कथामा बनेको यो चलचित्र उनकै बुबा निर्देशक सोभितले निर्देशन गरेका हुन् । यो चलचित्रले बक्स अफिसमा राम्रो गर्न सकेन अर्थात फ्ल्प हुनपुग्यो ।
यसैबिच निर्देशक सोभितले आफ्नै कारणले गर्दा सलोनको ‘बाबु कान्छा’ फ्ल्प हुने पुगेको बताउँछन् । उनले सलोनलाई दर्शकले सधैं हाँसो गरेको भूमिकामा रुचाउँदै आएको तर आफूले रुवाउने भूमिका दिएकोले चलचित्र दर्शकले मन नपराएको बताए । ‘सलोनलाई दर्शकले कमेडीमा रुचाउँदै आउनुभएको थियो तर मै जान्ने भएर उसलाई चलचित्रमा रुवाए, त्यसैले फिल्म चलेन’ सोभितले राजधानीम आयोजीत एक कार्यक्रममा भने । सोभितले सलोनका यसअघिका सबै चलचित्र कमेडी शैलीमा प्रस्तुत भएकै कारण दर्शकले मन पराएको बताए । सलोनको यसअघिका ‘होस्टेल’, ‘गाजलु’, ‘ए मेरो हजुर २’ निकै रुचाइएका चलचित्र हुन् ।
सलोन अभिनित नयाँ चलचित्र ‘सुश्री सम्पत्ति’ आउँदो भदौ २२ गतेबाट प्रदर्शन हुने तयारीमा छ । उनी यो चलचित्रबाट निकै आशावादी रहेको बताएका छन् । अन्य चलचित्रमा भन्दा फरक भूमिका भएको र दर्शकले रुचाउने भूमिका भएको बताउँछन् ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नयाँ चलचित्र ‘२ नम्बरी’को प्रदर्श
August 09, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अमेरिकाको एटलान्टामा ४ देखि ७ अगष
August 09, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: