मंसिर, काठमाडौं ।
नेपाली कलक्षेत्रमा प्रवेश गर्न कतिलाई निकै सहज हुन्छ भने कतिलाई धेरै नै दुखका साथ लागिरहेका हुन्छन् । आफुभित्र कला हुँदा हुँदै पनि पैसा नभएकै कारण धेरै प्रतिभाहरु लुकेको पाउँछौं । कतिले सौखका लागी यो क्षेत्र समातेका हुन्छन् भने कतिले यसैलाई ब्यवसायिक बनाएर अगाडि बढेको पाइन्छ । यसैबिच यहि क्षेत्रमा बिगत तिनबर्ष देखी निरन्तर लागिरहेकी छिन् मोडल तथा नायिका प्रतिक्षा खड्का । उनले पनि आफु यो क्षेत्रमा प्रवेश गर्न संघर्ष गर्नुपरेको बताउँछिन् । प्रतिक्षाका अनुसार कला क्षेत्रमा प्रवेश गर्न गाह्रो र यदि आफुसँग कला छ भने प्रवेश गरिसकेपछि आफुलाई चिनाउन सजिलो हुने बताउँछिन् ।
प्रतिक्षाले अहिले सम्म पाँच दर्जन बढी म्युजीक भिडियोमा अभिनय गरिसकेकी छिन् भने पाँच चलचित्रमा पनी अभिनय गरिसकेकी छिन् । प्रतिक्षाले हिमालय टाइम्ससँग आफुले कला क्षेत्रमा गरेका काम र सुख दुखलाई सम्झिएकी छिन् ।
फोटोे सुटबाट शुरुवात
मलाई यो क्षेत्रमा केहि गर्न पाए हुन्थ्यो भन्ने सानै देखी लाग्थ्यो । आफ्नो परिवारमा कलासँग सम्बन्धित काम गर्ने कोहि पनि नभएको हुँदा त्यति धेरै ज्ञान थिएन । आजभन्दा तिनबर्ष अघिको कुरा हो । मैले केहि फोटो सुटहरु पनि गरेको थिए त्यसैक्रममा म्युजीक भिडियो निर्माता अंगद कुमार जोशीले उक्त फोटो सुट हेरिसकेपछि म्युजीक भिडियोमा अभिनय गर्न सक्नुहुन्छ भनेर सोध्नभयो र त्यसपछि पहिलो उहाँकै भिडियोबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी हुँ । गायिका अन्जु पन्तको स्वरमा रहेको ‘माया मायाको’ बोलको आधुनिक गीतबाट नै अभिनय यात्रा शुरु गरेकी हुँ । जुन गीतमा निराजन प्रधानसँग स्क्रिन सेयर गर्ने मौका मिलेको थियो ।
पाँच म्युजीक भिडियोले चिनायो
अहिलेसम्म मोडलिङ गरेका पाँच दर्जन म्युजीक भिडियो मध्ये केहिले मलाई दर्शक सामु चिनाएका छन् । मैले अभिनय गरेका सबै म्युजीक भिडियो सबै दर्शकले हेर्नुभएको भन्ने हुँदैन तर ति मध्ये प्रमोद खरेलको स्वरमा रहेको ‘यो धर्तिमा’, राजेश पायल राईको स्वरमा रहेको ‘पग्लियो पग्लियो’, कृष्ण न्यौपानेको स्वरमा रहेको ‘अन्तिम चोटी’ र शिव परियारको स्वरमा रहेको ‘तिमी हेरिराख’ बोलको आधुनिक गीतलाई धेरै दर्शकले हेर्नु भएको छ । जसबाट मलाई दर्शकसामु परिचित हुन सजिलो भयो ।
तेस्रो म्युजीक भिडियो पछि चलचित्र
मैले म्युजीक भिडियोमा अभिनय गर्न भर्खर शुरु गरेकी थिएँ । गायिका अन्जु पन्तको पहिलो गीत पछि, गायक रेशम थापा र मौसम गुरुङको गीतको म्युजीक भिडियोको अभिनय पछि मलाई चलचित्र निर्देशक राजु लामाले चलचित्रका लागी अफर गर्नुभयो । उहाँले निर्माण गर्न लागेको चलचित्र ‘द मंगोलियन हर्ट’ नव–नायिकाको आवश्यक परेकोले मलाई अफर गर्नुभयो र मैले त्यसै चलचित्रबाट डेब्यु गरेकी हुँ ।
पाँच चलचित्रमा अभिनय
‘द मंगोलियन हर्ट’ पछि मलाई लगातार चलचित्रमा काम गर्ने मौका मिल्यो । यसै चलचित्रको सम्पादनको क्रममा चलचित्र ‘बिच्छि’ का निर्माता तथा निर्देशकले अफर गर्नुभयो त्यसपश्चात पनि चलचित्र ‘दुखिला जीन्दगी’, ‘समयको माग’, र ‘टिनएज’ मा कामगर्ने अवसर मिल्यो । अहिलेसम्म ‘द मंगोलियन हर्ट’ मात्र प्रदर्शन भएको छ भने अन्य प्रदर्शनको तयारीमा रहेका छन् ।
घरपरिवारको पुर्ण सपोर्ट
यो क्षेत्रमा लाग्नेलाई अझै पनि नेपालमा राम्रो मानिदैन । सायद मर्यादित र ब्यावसायिक हुन नसक्दा यो क्षेत्रलाई अझैपनि गाउँसमाजमा राम्रो नमानिएको होला । शुरुवातका दिनमा त मलाई पनि धेरै आफन्तजनहरुले यस्तो क्षेत्रमा लाग्नु राम्रो हैन भन्नुहुन्थ्यो तर अहिलेको समाज धेरै परिवर्तित भइसकेको छ । मलाई घरपरिवारबाट ठुलो सपोर्ट छ त्यसैले पनि म यहाँ सम्म आउँन सफल भएकी हुँ । यदि आफ्नै घरपरिवारबाटै सपोर्ट भएन भने यो क्षेत्रमा अगाडि बढ्न धेरे गाह्रो हुन्छ । मेरो घरमा दिदि पनि केहि समय अघिसम्म मोडलिङ क्षेत्रमै हुनुहुन्थ्यो त्यसैले पनि मलाई अझ केहि सजिलो हुन पुग्यो । उहाँले पनि मलाई धेरै सहयोग गर्नुभएको छ ।
सबैसँग मायाप्रेम
माया प्रेमपनि धेरै किसिमका हुन्छन् । घरपरिवारको पनि माया प्रेम नै हो, दर्शक तथा श्रोताले गर्ने पनि माया प्रेम नै हो । दर्शक÷श्रोता सबैसँग म सधैंभरी मायाप्रेममै रहनेछु । अर्कोकुरा जीन्दगीभरका लागी माया गर्ने मान्छेको कुरा गर्दा अहिलेसम्म बनाएकी छैन । अहिले आफ्नो करिअर बनाउने बेला हो त्यसैले त्यस्तो कुराको पछि लाग्दिन अहिले ।
ग्ल्यामर आवश्यक
बिशेषतः चलचित्रक्षेत्रमा नायिका भइसकेपछि आफुपनि ग्ल्यामर हुनु आवश्यक छ । यो ग्ल्यामर दुनियामा निकै साधारण भएर पनि हुँदैन तर ग्ल्यामर देखाउने भन्दैमा समाजलाई नै अपाच्य भने हुनुभएन । हाम्रो समाज कुन तरिकाको छ, कसरी अगाडि बढेको छ त्यसलाई मध्यनजर गर्नु आवश्यक छ । बिदेशमा बन्ने चलचित्रहरु फरक हुन्छन् भने नेपालका चलचित्र पनि धेरै नै फरक छन् । बिदेशको सिको गरेर ग्ल्यामरमा फड्को मार्छु भनेर हुँदैन । ठाउँ र समय अनुसार चल्नुपर्छ । हाम्रो ठाउँ अझैपनि अन्य देशमा जस्तो परिवर्तन भइसकेको छैन ।
निरन्तर सिक्ने छु
यो क्षेत्रमा कहिल्यै पनि पुर्ण ज्ञान हासिल गर्न सकिँदैन । हरेक समय सिकिरहेकी पनि छु । केहि चलचित्रमा काम गरिसकेपछि म यो क्षेत्रमा धेरै जान्ने छु भन्नु आँफैमा मुर्खता हुन्छ किनकी समय अनुसार यति धेरै परिवर्तन हुन्छ कि सबैकुरामा अपडेट हुनुआवश्यक हुन्छ । त्यसैले पनि यो क्षेत्रलाई पनि निरन्तर सिकिरहेकी छु । अझैपनि अभिनयमा निखारता ल्याएर दर्शक सामु आउने प्रयास गर्नेछु ।
नायिका प्रतिक्षा खड्कासँग उनको जन्मदिनमा गरिएको बिशेष कुराकानीः
प्रस्तुतीः गोपिकृष्ण चापागाईं ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । भगवान श्रीकृष्णको जन्मदिन अर्थात
August 15, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अभिनेता तथा निर्माता विक्रम डि जो
August 15, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: