
आर्टिष्ट खबर/ माघ, काठमाडौं ।
लोकप्रिय लोक गायक रामजी खाँण र गायिका संगीता थापा मगरको स्वरमा रहेको ‘ओई माया’ बोलको गीत सार्वजनिक गरिएको छ । गएको शुक्रबार सार्वजनिक गरिएको गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । पछिल्लो समय नेपाली लोकगीतले फड्को मारिरहेको बेला ‘ओई माया’मा आएका सकारात्मक प्रतिक्रिया र छोटो समयमै पाइरहेको लोकप्रियताको आधारमा राम्रो स्थान ओगट्न सक्ने अनुमान लगाउन सकिन्छ ।
घनश्याम रिजालको शब्द रहेको यस गीतमा रामजीकै संगीत रहेको छ भने एरेन्ज सुदिप सागरले गरेका छन् । कुमार रानाको अडियो मिक्सिङ रहेको छ ।\
गीतको भिडियो फरक तरिकाको बनाइएको छ । गएको छैठौं स्याङ्जा महोत्सवको स्टेजबाटै भिडियो निर्माण गरिएको छ । भिडियोमा रामजी खाँण, संगीता थापा मगरसँगै करिश्मा ढकाल, घनश्याम रिजाल, कमला घिमिरले लगायतका कलाकारलाई देख्न सकिन्छ । महोत्सवमा एकदिन पुगेका कलाकारलाई भिडियोमा फिचर्ड गरिएको हो ।
गायक रामजी खाँण पछिल्लो समयका लोकप्रिय लोक गायक हुन् । रामजी देश तथा बिदेशका स्टेजमा अत्यधिक ब्यस्त हुने कलाकारको सुचीमा पर्छन् । यस्तै लामो समय अमेरिका बस्दै आएकी गायिका संगीता थापा मगर पछिल्लो समय नेपाल फर्किएर लोकगीतमा सक्रिए देखिएकी छिन् । नेपालबाट टाढा रहेपनि नेपाली गीतसंगीतले जहिल्यै मनमा बास गरेकाले टाढा रहन नसक्ने संगीता बताउँछिन् । उनले पुनः लोकगीतमै सक्रिए रहेर समय बिताउँने बताएकी छिन् । संगीता र रामजीकै स्वरमा रहेको पर्यटन बर्ष २०२० लाई प्रबद्र्धन गर्ने उद्देश्यले केहि समय अघिमात्रै मुस्ताङलाई चिनाउदै ‘लोमाङथानमै बसम्’ बोलको गीत सार्वजनिक भएको थियो ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: