बद्री पंगेनी र रचना रिमालको स्वरमा ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक

Posted on: December 11, 2020
आर्टिष्ट खबर, मंसिर, काठमाडौं । 

लोकप्रिय गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वरमा रहेको ‘तिम्रो घरमा मेरी छोरी’ बोलको सार्वजनिक गरिएको छ । गीतमा नारायण ज्ञवालीका शब्द र गायक पङ्गेनीको आफ्नै सङ्गीत रहेको छ । 

गीतको भिडियोमा सन्तोष पन्त, लक्ष्मी गिरी, टीका जैसी, रेश्मी भट्ट, कृष्ण बराल, मनिषा राउत र बालकलाकार जेनिशा बुढा मगरको अभिनय रहेको छ । पहिलो पटक गीतको भिडियो निर्देशन पंगेनी आफैँले गरेका छन् भने विश्वास नेपालको सङ्गीत संयोजन छ । गीतको भिडियो बिपी फिल्म प्रालिले निर्माण गरेको हो ।  गीतमार्फत जातिय छुवाछुतबारे सन्देश दिइएको छ ।

   



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]