रवि र समीक्षाको आवाज रहेको ‘पाउडर किरिममा’ सार्वजनिक

Posted on: April 01, 2021
आर्टिष्ट खबर/ चैत, काठमाडौं । 

नेपाल आइडल 'सिजन-२' का बिजेता  गायक रवि ओड र गायिका समीक्षा अधिकारीको आवाज रहेको ‘पाउडर किरिममा’ बोलको गीत सार्वजनिक गरिएको छ । कृष्ण केसीको शब्द रचनामा उनकै संगीत रहेको छ भने गीतको एरेन्ज सुनिल परियारले गरेका छन्। 

यता गीतको भिडियोमा भने नायक पुष्प खड्का, रवि ओड, प्रियंका आचार्य (मुन्नी) र सम्झना खत्रीको दमदार अभिनय रहेको छ ।  भिडियोमा मौसम हिमालको  निर्देशन तथा कोरियोग्राफी, नवराज उप्रेतीको छायाँकन र विकास ज्ञवालीको सम्पादन रहेको छ। 

song:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]