‘चरीले’ गीतमा गीतासँग पलको रोमान्स

Posted on: April 25, 2021
आर्टिष्ट खबर/ वैशाख, काठमाडौं। 

कोरोनाको दोश्रो लहर बढ्दै गर्दा मनोरन्जनका अन्य बिधा ठप्प भएपनि म्यूजिक भिडियो भने एकपछि अर्को गर्दै धमाधम सार्वजनिक भइरहेका छन्। यसैबीच गायक अनिस भण्डारीाले नयाँ गीत ‘चरीले’ सार्वजनिक गरेका छन्। 


राम अविरल बिष्टको शब्द रचनामा राजन तिमिल्सिनाले संगीत भरेका छन् । निकै रोमान्टिक म्यूजिक भिडियोमा नायक पल शाह, मोडल गीता ढुंगाना र गायक अनिसको मोडलिङ रहेको छ। शान थापाले निर्देशन गरेको  म्यूजिक भिडियोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]