मेलिना राईको 'तिमि बिना' गीत सार्वजनिक

Posted on: April 28, 2021
आर्टिष्ट खबर/ वैशाख, काठमाडौं । 

गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत  ‘तिमि बिना’ सार्वजनिक गरिएको छ । गीतमा शब्द रोबिन टोटोको,संगीत संयोजन टेकेन्द्र याक्सो लिम्बुको र कम्पोज तारा लक्सम लिम्बुको रहेको छ।

जीवन स्वारले निर्देशन गरेको भिडियोमा बिस्वजित रिमाल र अश्मिता ढकाल फिचर्ड छन्। आधुनिक मेलोडियस गीतको भिडियोमा बिस्वजित र अश्मिताको जोडी सुहाएको छ। मार्विन मौसम दराई,बिबेक पराजुली र संगीता पराजुली सपोर्टिंग आर्टिस्ट रहेका छन् ।

आन्ग्छेंन लामाको डिओपी रहेको भिडियोको सम्पादन भुपेन्द्र अधिकारी,कलर रेनिश फागो,प्रोडक्सन मेनेजर आकाश रावल र समिप सापकोटा रहेका छन्। भिडियोको निर्माता ज्योति लोहार टोटो हुन् । भिडियो जेआर म्युजिकको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]