जेठ, काठमाडौं ।
लोकप्रिय गायक शिव परियार र रचना रिमालको स्वरमा नयाँ गीत 'सुनको चन्द्रमा' सार्वजनिक गरिएको छ । दीपक शर्माको संगीत रहेको सार्वजनिक गीतमा कलाकार पुष्प आचार्यको शब्द रहेको छ । गीतमा ओम सुनारको एरेन्ज रहेको छ।
गीतको भिडियोमा शंकर बिसी, शोवित बस्नेत , उत्सव अधिकारी , दीपा-दामन्ता र डा. प्रतिक्षा पौडेलको अभिनय रहेको रहेको ।गीतको भिडियो भरतपुरको पटिहानीमा छायांकन गरिएको हो । यस गीतको भिडियो मार्फत पर्यटकीय छबी बनाउन सफल पटिहानीको अम्रेला स्ट्रिट , राप्ती नदि , थारु सस्कृति, बोटे सस्कृति, हात्ती सफारी र थारु कल्चरलाई देखाउन खोजिएको छ ।
शंकर बिसीको निर्देशक तथा कोरियोग्राफर रहेको ूसुनको चन्द्रमाू लाई दुर्गा पौडेलले छायांकन गरेका हुन् ।नबिन घर्ति मगरको सम्पादन रहेको यस गीतलाई रबि एण्ड उषा मिडियाले निर्माण गरेको हो ।महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीत गायक शिव परियारको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको हो ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । भगवान श्रीकृष्णको जन्मदिन अर्थात
August 15, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अभिनेता तथा निर्माता विक्रम डि जो
August 15, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: