राशि रिजाल र खुमन अधिकारीको स्वरमा नयाँ तीज गीत सार्वजनिक (भिडियो)

Posted on: August 10, 2021
आर्टिष्ट खबर/ साउन, काठमाडौं । 

गायिका राशि रिजालले नयाँ तीज गीत सार्वजनिक गर्नुभएको छ । पछिल्लो समय गीतसंगीतको क्षेत्रमा सक्रिए रुपमा लाग्नुभएकी गायिका राशिको 'नौजाले भर्सेस बैमानी' बोलको गीतमा पुरुष गायकमा खुमन अधिकारीले साथ दिनुभएको छ । 

माया भण्डारीको शब्द रहेको गीतमा राजेश भण्डारीको संगीत रहेको छ । यस्तै रमेश सेन्चुरीको म्युजीक एरेन्ज रहेको छ । गीतको भिडियोमा भने लोकप्रिय गायक रामजी खाँणसँगै अनुशा भुसालले नृत्य गर्नुभएको छ । यस्तै भिडियोमा सरन थापा र यादव देवकोटा (सरापे)को पनि अभिनय रहेको छ । बिजय थापाको कोरियाग्राफि, रोशन भाटको छायांकन रहेको गीतको भिडियोलाई हुम गैरेले निर्देशन र सम्पादन गर्नुभएको छ । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]