शिव परियारको स्वरमा ‘तड्पी तड्पी’ गीत

Posted on: September 02, 2021
आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।   

लोकप्रिय गायक शिव परियारको स्वरमा नयाँ गीत  ‘तड्पी तड्पी’ सार्वजनिक गरिएको छ । गीतमा शुवास कार्कीको शब्द, संगीत रहेको छ भने विशाल निरौलाको एरेञ्ज छ । बिन्दास मिडिया नेटवर्कले अडियो भिडियो गरेको गीतका निर्देशन भने सिर्जन बरालले गर्नुभएको छ ।

गीतको भिडियोमा चिरञ्जिवी सापकोटा र निरुता शाहीको अभिनय देख्न सकिन्छ ।  गीतमा आफ्नो श्रीमतीको अर्कैसँगको सम्बन्धका कारण चिरञ्जिवी तनावमा देखिन्छन् । तनावमा रहेका चिरञ्जिवीले श्रीमतीको हत्या गरेर शव बोकी पुलिस स्टेसन गएको र जेल भित्र बस्दा पागल जस्तै उनी बेला बेलामा रुने र सँगसँगै हास्ने गरेको देखाइएको छ ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]