प्रदीप र देवीको 'चर्को घाम'मा सन्चिताको अभिनय

Posted on: December 05, 2021
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । 

गायका प्रदिप त्रिपाठी र गायिका देवी घर्तीको स्वरमा रहेको नयाँ  लोकदोहारी गीत ‘चर्को घाम’ सार्वजनिक गरिएको छ । प्रदिपकै शब्द तथा लय रहेको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । 

कपिल लामाले निर्देशन गरेको भिडियोमा लोकप्रिय मोडल सन्चिता शाहीले अभिनय गरेकी छिन् । जसमा सन्चितालाई समिर न्यौपानेले साथ दिएका छन् । विपिन चौलागाईंले खिचेको भिडियो शिव पौडेलले सम्पादन गरेका छन् । गरिबी, अभाव र प्रेम सम्बन्धलाई गीतमा निकै मामिक ढङ्गले प्रस्तुत गरिएको छ । कथावस्तु अनुसार समिर र सञ्चिताले जीवन्त अभिनय प्रस्तुत गरेका छन् ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]