
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
लोकप्रिय गायक पुस्कल शर्माको नयाँ गीत 'तिम्रो थर मेरो थर' नेपालको युट्युव ट्रेन्डिङमा प्रवेश गरेको छ । दुईदिन अघि सार्वजनिक उक्त गीतलाई अहिलेसम्म युट्युवमा झण्डै २ लाख पटक हेरिएको छ । अहिले यो गीत ३१ औं ट्रेन्डिङमा रहेको छ । गीतमा स्वरसँगै शब्द, संगीत पुस्कलकै रहेको छ ।
गीतको भिडियोमा पुस्कलसँगै सबि शर्माको अभिनय रहेको छ । भिडियोको निर्देशनपनि पुस्कल आफैले गरेका हुन् भने अजय रेग्मीले भिडियो खिचेका छन् । यस्तै दीपक बिष्टको सम्पादन रहेको छ । भिडियोमा अभिनय गरेकी सबि पुस्कलकी श्रीमती हुन् । सबिसँग पुस्कलले एकबर्ष अघि नै बिहे गरिसकेका थिए । मिडियामा आफ्नो बिवाहको बिषयमा नबोल्ने पुस्कलले दुई परिवारका बिच बिवाह गरिसकेका छन् । उनीहरुले केहि समयको माया प्रेमपछि बिवाह गरेको बुझिएको छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: