
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
गीतकार रश्मि मैनालीको गीति एल्बम ‘नयन’ सार्वजनिक गरिएको छ । आइतबार राजधानीको चाबहिल स्थित चलचित्र बिकाश बोर्डको हलमा एक कार्यक्रमको आयोजना गर्दै एल्बमको सार्वजनिक गरिएको हो ।
चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दहाल त्यस्तै चलचित्र निर्माता निर्देशक तुल्सी घिमिरे लगायतको हातबाट एल्बमको सार्वजनिक गरियो । गीति एल्बम ‘नयन’ मा ६ वटा गीत समाबेश छन् । जसमा कति मधुर, गुँरासको ओठबाट, जिन्दगी पतझड, सजाउँछु भन्थे, तिमीबाटै घात भएछ र थाम्न सकिन रहेका छन् ।
सार्वजनिक एल्बममा गीतकार रश्मि मैनालीको शब्द, अन्जु पन्त, सुनिता थेगिमको स्वर रहेको छ । त्यस्तै दिपक पाठकको संगीत र स्वर, कमल भट्टराईको संगीत र स्वर रहेको छ । कार्यक्रममा २ वटा गीतको भिडियो समेत देखाइएको थियो ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । भगवान श्रीकृष्णको जन्मदिन अर्थात
August 15, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अभिनेता तथा निर्माता विक्रम डि जो
August 15, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: