आकाश र आर्यनको बिचमा सिर्जु अधिकारी

Posted on: January 15, 2022
आर्टिष्ट खबर/ माघ, काठमाडौं । 

गायिका सिर्जु अधिकारीले नयाँ गीत सार्वजनिक गरेकी छिन् । गायक प्रविन बेडवालसँगको स्वरको सहकार्यमा सिर्जुले 'नजरैले हानेर' बोलको गीत आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी हुन् । गीतमा लय तथा शब्द सिर्जुकै रहेको छ । गीतमा आशिष अभिरलको एरेन्ज रहेको छ । 

गीतको भिडियोमा पनि गायिका सिर्जुलाइृ नै देख्न सकिन्छ भने नायक आकाश श्रेष्ठ र आर्यन सिग्देलको पनि अभिनय रहेको छ । महंगो बजेटमा निर्माण गरिएको भिडियोको निर्देशक कबिराज गहतराजले गरेका हुन् । उनी बिशेष गरी चलचित्रका गीतहरुमा निर्देशक तथा कोरियोग्राफि गर्ने निर्देशक भनेर चिनिन्छन् । यस भिडियोमा भने दीपक राज सुनारको कोरियोग्राफि रहेको छ । भिडियोमा गोमा केसीको लगानी रहेको छ । 






Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]