
आर्टिष्ट खबर/ माघ, काठमाडौं ।
गायक तथा मोडल दुर्गेश थापाको ‘पैसा’ बोलको नयाँ गीत आउने क्रममा छ । केहि दिन अघिमात्रै छायांकन सकिएको उक्त गीतको टिजर सार्वजनिक भएको छ । दुर्गेशको आफ्नो युट्युव च्यानल ‘डि सिरिज’बाट बुधबार टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक १९ सेकेन्डको टिजरमा पैसाको बिचमा दुर्गेश र युवतीहरु नाचिरहेका छन् ।
गीतमा लय, शब्द र स्वर दुर्गेशकै रहेको छ भने सहस शाक्यको एरेन्ज रहेको छ । भिडियोमा दुर्गेशसँगै चाँदनी सिलियाको साथमा अन्य युवतीहरुको नृत्य देख्न सकिनेछ । रुपेश थापाको निर्देशन रहेको भिडियो रुपेशले नै खिचेका हुन् । भिडियोमा मिलन विश्वकर्माको सम्पादन रहेको छ । भिडियो यहि माघ १४ गते रिलिज गर्ने तयारी गरिएको दुर्गेशले बताएका छन् । दुर्गेशका अनुसार गीतमा पैसाका कारण नेपालमा हुने बेथितीलाइृ उठाइएको छ ।
Teaser:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: