
आर्टिष्ट खबर/ माघ, काठमाडौं ।
लोकप्रिय गीतकार, संगीतकार तथा गायक शिव हमालको नयाँ प्रतिक्षित लोक गीत 'दिलमाया' सार्वजनिक गरिएको छ । नेपाली लोकगीतको क्षेत्रमा दर्जनौं लोकप्रिय गीत दिइसकेका शिवको दिलमाया गीतमा सन्दिप न्यौपाने र शान्तिश्री परियारको स्वर रहेको छ । गीतमा शिवको लय, शब्द तथा संगीत छ । म्युजीक एरेन्ज भने सुदिप सागरको रहेको छ ।
शिवले गीत सार्वजनिक भएसँगै दर्शकबाट मनमा लागेको प्रतिक्रियाको अपेक्षा गरेको बताए । उनले राम्रो, नराम्रो जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया पाए आफू खुसी हुने बताए । साथै उनले अन्य गीत जस्तै यस गीतलाई पनि दर्शकले माया गर्नेमा विश्वास ब्यक्त गरे ।
प्रकाश भट्टले निर्देशन गरेको गीतको भिडियोमा गायक सन्दिप न्यौपानेसँगै अन्जली अधिकारीको अभिनय रहेको छ । नवराज उप्रेतीले खिचेको भिडियो बिष्णु शर्माले सम्पादन गरेका छन् ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: