आशिष अबिरलको गीतमा पल शाह र आँचलको अभिनय

Posted on: May 04, 2022
आर्टिष्ट खबर/ बैशाख, काठमाडौं । 

नेपाली गीतसंगीतका लोकप्रिय सर्जक तथा गायक आशिष अबिरलको नयाँ गीत ‘पल्के तिम्रो मायामा’ सार्वजनिक गरिएको छ । केहि महिना अघि निर्माण भएको गीतको भिडियो पनि आज (बुधबार) गायक अविरलकै युटयुव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा एक नारायण भण्डारीको शब्द छ भने संगीत अविरलले नै भर्नुभएको छ । गीतको भिडियोमा भने लोकप्रिय नायक पल शाह र नायिका आँचल शर्माको अभिनय रहेको छ । गीतको भिडियो केहि महिना अघि छायांकन गरिएको गायक अविरलले जानकारी गराउनु भयो । भिडियो निर्देशन बिकाश सुवेदीले गर्नुभएको हो । 





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]