
आर्टिष्ट खबर, बैशाख, काठमाडौं ।
आगामी बैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर काँग्रेसको चुनावी गीत जय नेपाल सबैको मुखमा...,को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
बिहीबार काठमाडौंको दरवारमार्ग स्थित क्युज सिनेमामा आयोजीत कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता प्रकाश शरण केसी, बरिष्ट अभिनेता नीर शाह, भुवन केसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्कासहितका कलाकारले भिडियो सार्वजनिक गरेका हुन् । यो गीतलाई युवा गायक कृष्ण विकले गाएका छन् । कृष्णलाई महिला स्वरमा गायिका प्रीति आलेले साथ दिएकी छिन् । यस अघि हजुर मुसुक्कै गीत दर्शकमाझ ल्याएर चर्चा कमाएका कृष्णले यो चुनावी गीत पनि निकै मिठोसँग गाएका छन् । एक नारायण भण्डारीले रचना गरेको यो गीतमा संगीत पनि भण्डारीकै रहेको छ ।
नेपाली काँग्रेसको प्रवक्त प्रकाश शरण केसीले अहिलेको समसामयिक सन्दर्भमा यो गीत निकै राम्रो बनेको कार्यक्रममा बताए । जनतासँग जोडिने प्रभावकारी माध्यम नै गीत सँगीत र सिनेमा भएको बताउँदै प्रवक्ता केसीले चुनावमा जनतासँग नेता र पार्टीलाई जोड्ना यस्ता गीतहरुले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले सँसार भरी २०० भन्दा बढी देशका करिब ९० प्रतिसत मुलुक लोकतान्त्रिक मुलुक भएको र लोकतन्त्र निकै राम्रो व्यबस्था भएकाले काँग्रेसले लोकतन्त्रलाई विश्वास गर्ने बताए । आउँदा दिनमा धेरै भन्दा धेरै कलाकारहरुलाई पार्टीमा जोड्ने प्रतिवद्धता सो क्रममा प्रवक्ता केसीले जाहेर गरे । यो गीतलाई यस पटकको चुनावमा धेरै भन्दा धेरै प्रयोग गर्न पनि उनले सबैलाई कार्यक्रम मार्फत अपिल गरेका छन् ।
बरिष्ट अभिनेता नीर शाहले मुलुकको पहिचान र समुन्नत विकाशको लागि संस्कृति महत्वपूर्ण पक्ष भएकाले विपि कोईरालाको भनाईलाई आफुहरुले शिरोधारण गर्दै नेपाली काँग्रेसमा कटिबद्ध भएका छौं भने । कृष्णको यो गीतले नेपाली काँग्रेस सहित गठबन्धनको चुनाव प्रचार प्रसारमा सघाउन मद्धत पु¥याउने विश्वास शाहले कार्यक्रममा ब्यक्त गरे । गायक कृष्ण बिकले चुनावको मुखमा दिएको यो गीत राम्रो उपहार भएको र यसको भिडियो पनि त्यत्तिकै राम्रो बनेको शाहले बताए ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले यो गीत जनताको मुख मुखमा झुन्डिने बताए । तीन दिन अघिमात्र नेपाली काँग्रेसमा प्रवेश गरेका खड्काले आफु लामो समयसम्म अरु पार्टीमा लाग्दा आफुहरुको मूल्याँकन ती पार्टीमा नभएकै कारण नेपाली काँग्रेसमा प्रवेश गर्नु परेको दाबी गरे ।
यस्तै तीन दिन अघि नेपाली काँग्रेसमा प्रवेश गरेका अर्का अभिनेता भुवन केसीले पनि सम्मान र कलाको हक हितका लागि आफुहरुले नेपाली काँग्रेस पार्टी रोजेको जिकिर गरे,‘नेपाली चलचित्र क्षेत्रमा कलाकारिताका माध्यमबाट ४० वर्ष भन्दा लामो समय योगदान दियौं। त्यो योगदानको मूल्याँकन नेपाली काँग्रेसले गर्ने भएपछि हामी यो पार्टीमा प्रवेश गरेका हौं ।’ अभिनेता केसीले भने । यो गीत निकै राम्रो बनेको पनि उनले कार्यक्रममा बताए ।
बिहिबार सार्वजनिक गरिएको गीत जय नेपाल सबैको मुखमा।।।,का गायक कृष्ण बिकले अहिलेको अबस्थालाई मध्यनजर राखेर नेपाली कँग्रेस तथा गठबन्धनको बिजयको लागि यो गीत बजारमा ल्याएको बताए ।
यो गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । बिजी आग्रीको निर्देशनमा तयार भएको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । सँजय लामाको छायाँकन रहेको यो गीतको भिडियोमा नेपाली कँग्रेसमा सम्लग्न विभिन्न कलाकार तथा भातृ सँस्थाका पदाधिकारीहरुको अभिनय छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: