आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।
नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ । प्रेम र बिछोडको कथा बोकेको गीतमा पवित्रा कार्कीको स्वर रहेको छ । गीतमा नयन सिंहको शब्द छ भने गीतको यो 'फिमेल भर्सन' हो । गीतको 'मेल भर्सन'मा भने विशाल निरौलाले आवाज दिनु भएको थियो । गायिका पवित्राले गीतको ‘मेल भर्सन’ जस्तै ‘फिमेल भर्सन’लाई पनि दर्शकले रुचाउनेमा आशा व्यक्त गर्नुभएको छ ।
गीतको भिडियोमा नयन सिंह, स्मृति श्रेष्ठ र सन्देश कार्कीको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रस्तुत कथा र गीतको शब्द तथा संगीतले ‘बाचा कसम’लाई विशेष बनाएको छ । सार्वजनिक भिडियोमा आएका प्रतिक्रिया हेर्नेहो भने सकारात्मक देखिन्छ । विक्रम चौहानको कथा र निर्देशन रहेको म्युजिक भिडियो ‘एलबी प्रोडक्सन’ युटुब च्यानलमा अपलोड गरिएको छ ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: