आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।
नेपाली मौलिक लोक गीतको क्षेत्रमा आफ्नो छ्ट्दै पहिचान बनाउनु भएका गायक प्रकाश दूतराजको नयाँ गीत ‘मन भुल्छ’ सार्वजनिक गरिएको छ ।
मंगलबार राती सार्वजनिक ‘मन भुल्छ’ गीतमा उहाँको ‘जाम भो माईली’ पछिको अफिसियल गीत हो । जुन गीत उहाले ७ महिनाको अन्तरमा स्रोता÷दर्शकमाझ ल्याउनु भएको हो । गीतमा प्रकाशकै शब्द र संगीत छ । कृष्ण बि.कले गीतको एरेन्ज गर्नुभएको हो । गीतमा प्रकाशसँगै गायिका शान्तीश्री परियारले स्वर दिनुभएको छ । यसअघि प्रकाश र शान्तीश्रीले स्वर दिनु भएको ‘घर कता हो बैनीको’ र ‘जाम भो माईली’ गीतले भिडियो सेयरिङ साइट युटयुवमा करोड माथिको भ्युज पाइसकेका छन् ।
‘मन भुल्छ’को भिडियोमा भने प्रकाशले नयाँ र रचनात्मक प्रयोग गरेको देखिन्छ । यसअघि स्रोता दर्शकले रुचाएका सिर्जनाभित्रका पात्रहरुलाई एउटै भिडियोभित्र प्रस्तुत गर्नुभएको छ ।
प्रकाशको ‘बैनी झ्यालैमा’ गीतलाई स्रोता दर्शकले अत्यधिक रुचाए । त्यसपछि सार्वजनिक गीत ‘चोली मैलै भो’ले विस्तारै चर्चा पाउँदै गएर करोड क्लबको नजिक पुगेको छ । ‘घर कता हो बैनीको’ निकै लोकप्रिय भयो । अनि ‘जाम भो माइली’ले प्रकाशलाई करोड क्लबमा ‘ह्याट्रिक’ गराईदियो । हो, यीनै चारवटा ‘हिट’ सिर्जनाभित्रका पात्रहरुलाई ‘मन भुल्छ’मा एउटै भिडियोभित्र हेर्न सकिन्छ । भिडियोमा प्रकाश दुतराजसँगै सुजल बम, भूमिका गिरी, जुना सुन्दास, आयुष्मा कार्की, विजय पुन, रोशनी कार्कीलाई प्रस्तुत गरिएको छ ।
भिडियोमा उनले यसअघिका पात्रको पहिरन शैली, अभिनयलाई पनि उही रुपमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । भिडियोमा उनी ‘क्रियटर’को भूमिकामा प्रस्तुत छन् र उनले अघिल्ला सिर्जनाका पात्रहरुलाई कल्पना गरेका छन् ।
यस्तै, यसअघिका चार गीतमा नरहेकी मोडल गीता ढुंगाना पनि भिडियोमा प्रस्तुत छिन् । ‘क्रियशनमा एक खालको पागलपन हुन्छ नी, भिडियोमा देखाइएका कुराहरु अलिक पागलपन पनि छ’ प्रकाशले भने, ‘हिजोका दिनदेखि स्रोता दर्शकहरुले दिनुभएको माया, उहाँहरुले रुचाईदिनुभएको गीतका पात्रहरुलाई एकै ठाँउमा राखेर भिडियो बनाएको छु ।’ प्रकाशले गीतभन्दा पहिले भिडियोको कन्सेप्ट तयार पार्दै आएका छन् । ‘मन भुल्छ’मा पनि उनले पहिले भिडियाको कन्सेन्ट सोँचेपछि गीत तयार पारेका हुन् ।
मौलिक मिठासले भरिपूर्ण सिर्जनाहरु ल्याउँदै आएका प्रकाशका सिर्जनाहरुलाई स्रोता दर्शकले रुचाउँदै आएका छन् । मौसम हिमालीको निर्देशन रहेको ‘मन भुल्छ’को भिडियोलाई अनिल के. मानन्धनले छायाँकन गरेका हुन् । नबिन घर्ती मगरको सम्पादन तथा कलरपछि भिडियो सार्वजनिक गरिएको हो । अघिल्ला सिर्जनाहरुलाई जस्तै यसलाई पनि स्रोता दर्शकले रुचाउने विश्वास प्रकाशले लिएका छन् ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: