
आर्टिष्ट खबर/ असोज, काठमाडौं ।
सुदुरपश्चिमेली लवजको देउडा भाकामा नयाँ गीत सार्वजनिक गरिएको छ । गायक चक्र बम र गायिका अनिता चलाउनेको स्वरमा देउडा भाकामा गाएको गीत ‘खेल मेरी दर्कादरी’ सार्वजनिक गरिएको हो ।
गीतमा चक्र बमकै रचना र संगीत रहेको छ । भोकलमा चक्र र अनितालाई केही कोरस गायक–गायिकाले सहयोग गरेका छन् । डोटेली भाषा नबुझ्ने पनि गीतको कर्णप्रिय संगीत र मिठासपूर्ण स्वरबाट मोहित बन्न सक्छन् ।
गीतको भिडियोमा पनि गायक र गायिका स्वयमलाई देख्न सकिन्छ । भिडियोको निर्देशन शिव बिकेले गरेका छन् । चक्र बमको आफ्नै युट्यूव च्यानलबाट अपलोड गरिएको यो गीतको भिडियो यो समाचार तयार पार्दासम्म २२ नम्बर नेपालको म्युजीक युट्युव ट्रेन्डिङमा रहेको छ भने १ लाख २० हजार भन्दा बढी पटक हेरिएको छ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नेपाली म्युजीक भिडियो क्षेत्रका न
August 14, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । २०७१ सालमा प्रदर्शनमा आएको अभिनेत
August 14, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: