मञ्जु पौडेलले ल्याइन् आमाको स्मृतिमा तीज गीत

Posted on: July 20, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं ।  

लोकप्रिय गायिका मञ्जु पौडेलले आफ्नी स्वर्गिय आमा भगपतीदेवी ज्ञावलीको संगीत संकलनमा नयाँ तीज गीत सार्वजनिक गरेकी छिन् । उनले ‘बाबाको आँगनी’ बोलको गीत बुधवार यूट्युबमार्फत् सार्वजनिक गरेकी हुन् ।  

गीतमा शब्द शिव हमालको छ । भिडियोमा गायिका मञ्जुसँगै अनुशा पौडेल फिचर्ड छन् । लोकेन्द्र शाहको नृत्य निर्देशन रहेको गीतमा दुर्गा पौडेलको निर्देशन र सम्पादन छ । सम्पानद नविन घर्ती मगरले गरेका हुन् । भिडियोमा मन्जुले आमाको स्मृतिमा यो गीत ल्याएको बताएकी छन् ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]