प्रकाश र चन्दाको स्वरमा ‘जुका लाग्ने गाऊँमा’ तीज गीत सार्वजनिक

Posted on: July 23, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

लोक तथा दोहोरी गायिका चन्दा अर्यालको नयाँ तिज गीत ‘जुका लाग्ने गाऊँमा’ सार्वजनिक गरिएको छ । गीतमा चन्दासँगै गायक प्रकाश कटुवालको स्वर रहेको छ । साथै गितमा विनोद ढकालको शब्द सृर्जना एवम् गायक कटुवालकै मौलिक लय रचना रहेको छ । गितमा राकेश सोनीको संगित संयोजन रहेको छ । गितमा बुहारीलाई गरिएको हेला अनि माईतीमा आएर पोखेको गुनासो संगै पारिवारिक यथार्थ घटनालाई चित्रण गरिएको छ । 

भिडियोमा दिपेन्द्र तिमिल्सिनाको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने भिडियोमा रवि गिरि, सरिता ढुँगाना जुनकिरी, मुकुन्द मैनाली, लक्ष्मी श्रेष्ठ, जीवन ज्ञवाली, खिम वा, विष्णु जिसी लगायत थुप्रै कलाकारहरुको अभिनय रहेको छ । भिडियोलाई  नवराज उप्रेतिले छांयाकन एवम् मनोज कार्किले सम्पादन गरेका छन् ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]