कलाको 'पातली ४' को रुपमा 'साँइली सलल' सार्वजनिक

Posted on: July 30, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । 

लोक तथा दोहोरी गीतकी गायिका कला लम्सालले यसबर्षको हरितालिका तीजका लागी 'पातली ४' गीत सार्वजनिक गरेकी छिन् । आफ्नो हिट गीत पातलीको चौथो सिरिजको रुपमा कलाले 'साँइली सलल' बोलको गीत शुक्रबार साँझ सार्वजनिक गरेकी हुन् । 

गीतमा लोकप्रिय सर्जक शिव हमालको शब्द तथा संगीत रहेको छ । संगीत संयोजन भने अनिश अर्यालले गरेका छन्  । भिडियोमा कला, गायिका तथा मोड प्रिती आले, मोडल विनोद श्रेष्ठले अभिनय गरेका छन् । भिडियो निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका छन् । भिडियो कला लम्साल नामक युट्युब मार्फत सार्वजनिक भएको छ ।  

गायिका कलाले तीजमा आफ्नो कोसेलीको रुपमा कुनै न कुनै गीत सार्वजनिक गर्दै आएको र यसबर्षपनि तीज पर्व लक्षित गीत सार्वजनिक गरेको बताइन् । साथै कलाले गीतको अडियो र भिडिओमा आफ्नो टिमले निकै मिहिनत गरेको पनि बताइन् ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]