
आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
नेपाली गीत संगीतको क्षेत्रमा आउँदै गरेको यसबर्षको हरितालिका तीजलाई लक्षित गर्दै गायक यज्ञ बिकले नयाँ गीत सार्वजनिक गर्नुभएको छ । ‘भाले मादल’ बोलको गीतमा यज्ञसँगै शान्तिश्री परियारको स्वर रहेको छ ।
गीतमा राजु सुनामको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा कलाकार बिजय पुन र समिक्षा भुजेलको अभिनय रहेको छ भने मौसम हिमालीले निर्देशन गर्नुभएको छ । नवराज उप्रेतीले खिच्नुभएको भिडियो प्रविन भट्टले सम्पादन गर्नुभएको हो ।
गायक यज्ञले २६ जुलाईमा ‘बिरवल बुढाथोकी’ युट्युव च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गर्नुभएको हो । गीत सार्वजनिक गरिएको छोटो समयमै दर्शक तथा स्रोताबाट आएको प्रतिक्रियाबाट आफू खुसी रहेको गायक यज्ञ बताउनुहुन्छ । ‘तीज लक्षित गीत निकै धेरै आइरहेका छन् । त्यो भिडमा मेरो गीत पनि आएको छ । तर जतिले हेर्नुभएको छ, उहाँहरुबाट आएको प्रतिक्रियाले खुसी दिएको छ ।’ गायक यज्ञले हिमालय टाइम्ससँग भन्नुभयो । ‘तीजमा मौलिकतालाई बिशेष ध्यान दिनुपर्छ । त्यसैले यो गीतमा पनि मौलिकता मर्न दिएको छैन ।’
उहाँले पछिल्लो समय नेपाली गीतसंगीतको बजार डिजिटलमय भएकाले त्यो बिषयलाई पनि ध्यान दिँदै युट्युवमार्फत नै गीत सार्वजनिक गरेको बताउनुभयो । यज्ञले अघि भन्नुहुन्छ, ‘अहिले नेपालमा जतिपनि गीतका भिडियो बन्छन् युट्युव केन्द्रित छन् । अधिकांश नेपाली कलाकारहरु युट्युवबाट आउने रोयल्टिकै भरमा छन् । पछिल्लो समय अडियोका अन्य प्लेटफर्ममा गीत राख्न थालिएको छ । त्यो खुसीको कुरा पनि हो ।’
साथै गायक यज्ञले कतिपय तीज गीत भन्दै मौलिकता भुलेर आइरहेका गीतहरुले कला संस्कृति बिगार्ने प्रयास गरेको भन्दै सबै सर्जकलाई त्यस्ता कुराहरुमा ध्यान दिन आग्रह गर्नुभयो ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । भगवान श्रीकृष्णको जन्मदिन अर्थात
August 15, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अभिनेता तथा निर्माता विक्रम डि जो
August 15, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: