
आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
लोकप्रिय गायिका सुशिला पाठकको स्वरमा नयाँ गीत ‘पापाकी परि’ सार्वजनिक गरिएको छ । तीजको अवसरमा सार्वजनिक गीतमा शिव हमालको शब्द रहेको छ भने आशिष अबिरलको संगीत रहेको छ । म्युजीक एरेन्जको काम पनि आशिषले नै गरेका हुन् ।
गीतको भिडियोमा भने लोकप्रिय मोडल करिश्मा ढकालले अभिनय गरेकी छिन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ । भिडियो निर्देशन मौसम हिमालीले गरेका हुन् । भिडियोको पोष्ट प्रोडक्सन बिपि फिल्मस्ले गरेको हो ।
गीतको भिडियोमा हुर्कदै गरेकी अभिवाहित युवती र बिहेका लागी केटा माग्न आएका केटाको कथालाई देखाइएको छ । मोडल करिश्माले आफूलाई माग्न आएका केटाको कुरा आफ्ना साथीसंङ्गीलाई सुनाउँदै सातो गएको कुरा गरेकी छिन् ।
गायिका सुशिलाले ‘पापाकी परि’का लागी दर्शकको मायाको अपेक्षा गरिन् । सुशिलाले भनिन्, ‘यसअघि पनि दर्शक तथा स्रोताले माया गरिदिनुभएको छ । आशा छ, यो गीतलाई पनि सबैले माया गर्नुहुनेछ ।’
यस्तै संगीतकार आशिषले पछिल्लो समय बजारमा आइरहेका गीतहरुको भिडमा आफूले केहि फरक दिने प्रयास गरेको बताए ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नेपाली म्युजीक भिडियो क्षेत्रका न
August 14, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । २०७१ सालमा प्रदर्शनमा आएको अभिनेत
August 14, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: