अर्जुनको शब्द र पुर्णकलाको स्वरमा 'एैना हेरी हेरी' सार्वजनिक

Posted on: August 04, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । 

लोकप्रिय गायिका पुर्णकला बिसीको स्वरमा रहेको तीज गीत एैना हेरी हेरी सार्वजनिक गरिएको छ । तीज पर्व नजिकिदै गर्दा दिनहुँ तीज दिन सार्वजनिक भइरहेका छन् । त्यसै भिडिमा मौलिकता बोकेको यसगीतमा अर्जुन थापाको शब्द रहेको छ । साथै संगीत र शिर्षक भने पुर्णकलाकै रहेको छ । म्युजीक एरेन्जको काम भने अर्जुन थापाले नै गरेका हुन् । 

गीतको भिडियोमा नारायणी खत्री र बसिका शर्माको नृत्य देख्न सकिन्छ । शुशिल डांगीले खिचेको भिडियो निराजन केसीले सम्पादन गरेका हुन्ु भने । भिडियोको निर्देशन पनि अर्जुन थापाले नै गरेका हुन् । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]