अमेरिकाबाट फर्केका बिरही कार्कीले ल्याए ‘मायाको ढोका खोली देउ’

१७, भाद्र २०७९
अमेरिकाबाट फर्केका बिरही कार्कीले ल्याए  ‘मायाको ढोका खोली देउ’

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा फरक पहिचान बनाएका र पछिल्लो समय अमेरिका बस्दै आएका लोकप्रिय गायक बिरही कार्की यतिबेला नेपाल छन् । नेपाली गीतसंगीत प्रतिको मायाका कारण फेरी नयाँ गीत लिएर आएको बिरहीले बताएका छन् । उनले शुक्रबार एक कार्यक्रमका बिच ‘मायाको ढोका खोली देउ’ गीत सार्बजनिक गरेका हुन् ।

काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट लाउन्जमा आयोजीत कार्यक्रममा वरिष्ठ लोक गायक, सर्जक तथा चलचित्र निर्देशक नारायण रायमाझीले गीत सार्वजनिक गरे । गीत सार्वजनिक गर्दै रायमाझिले गायक बिरहीलाई बधाई तथा शुभकामना दिए । उनले अमेरिकामा रहेपनि गीतसंगीतलाई माया गरेको र नेपाल आएर गीतसंगीतमा यसरी दिएको समय र चासोको सम्मान गरे । साथै बिरहीको हरेक सिर्जना उत्कृष्ट हुने भन्दै तारिफ गरे ।

गायक बिरहीले नेपाली गीतसंगीतलाई जहाँ गएपनि कहिल्यै भुल्न नसक्ने र आफू अमेरिकामा कर्मका लागी गएको बताए । उनले अमेरिकामा भासिएको भन्ने शब्द प्रति आपत्ति समेत जनाए । उनले भने, ‘अमेरिका जानेहरुलाई भासिएको भन्ने गरिन्छ, त्यो शब्द मलाई राम्रो लाग्दैन, कर्म गर्न गएको हुँ ।’ साथै उनले गीतको शिर्षकलाई लिएर प्रकाश पारे, ‘मायाको ढोका खोलिदेउ, मुसुक्क हाँसिदेउ मिठो बोलिदेऊ, गीतमा मुसुक्क हाँस्ने र मिठो बोल्ने कुरा गरिएको छ । जो सँग भेट्दा पनि पहिले मुसुक्क हाँसेर मिठो बोल्नुपर्छ । गीत सबैलाई मन पर्छ भन्ने आशा लिएको छु ।’

प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीतमा गायक बिरहीसँगै लोकप्रिय गायिका अन्जु पन्तको स्वर रहेको छ । गीतमा लय तथा शब्द गायक कार्की कै रहेको छ ।गीतको म्युजिक भिडियोमा नायिका शिल्पा पोखरेल र सागर लमसाल ‘बले’ को आर्कषक नृत्य देख्न सकिन्छ । गीतको म्युजिक भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् ।

कार्यक्रममा लोक तथा दोहोरी गीतको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै केहि सञ्चारकर्मि र केहि सर्जकहरुलाई सम्मान पनि गरिएको थियो । साथै उपस्थित कलाकारहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार

• 'तिम्रो मायाको सागर'मा बिमल र करुणाको प्रेमील जोडी

चैत, काठमाडौँ । नयाँ गीत 'तिम्रो मायाको सागर' सार्वजनिक गरिएको छ । भावना म्युजिक सोलुसनबाट

• बिनिताको 'नपाउने मायामा' अन्जली र देबेन्द्रको जोडी

चैत, काठमाडौँ । गायिका तथा म्युजिक भिडिओ निर्देशक बिनिता पौडेलले आफ्नो जन्मदिनको अवसरमा नयाँ म्युजिक

• बेराजगारीको समस्यालाइ उठाउँदै हरिवंशको नयाँ गीत 'मुटु फस्याथ्यो ' सार्वजनिक

चैत, काठमाडौँ । वरिष्ठ अभिनेता हरिवंश आचार्यको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । यसअघि

• ताजा अपडेट

धेरै पढिएको

ताजा अपडेट

© 2024 All right reserved to ArtistKhabar.com  | Site By : SobizTrend