धर्मेन्द्रको नयाँ गीतः एलिशालाई नदेख्दा आकाशलाई छटपटी

Posted on: September 09, 2022
आर्टिष्ट खबर/ भदौ, काठमाडौं । 

गायक धर्मेन्द्र सेवनले नयाँ गीत तिमीलाई नदेख्दा ल्याएका छन् । धर्मेन्द्रको संगीत रहेको गीतमा मुक्ति रोकाको शब्द छ ।  रोमान्टिक गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल एलिशा राई फिचर्ड छन् । भिडियोको निर्देशन छेवाङ्ग लामाले गरेका हुन् । सञ्जित श्रेष्ठको छायाँकन रहेको भिडियोको सम्पादन र कलर विजेश पौडेलको छ । 

बिहिबार प्रेसमिट गर्दै तिमीलाई नदेख्दा सार्वजनिक गरिएको हो । प्रेसमिटमा गायक सुगम पोखेरेल, गायिका सुबानी मोत्तान, नायिका रिमा विश्वकर्मा र हाँस्यव्यांग्य कलाकार सन्दिप क्षेत्रीले धर्मेन्द्र र मुत्तीको गीतलाई शुभकामना दिए । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]