झापा क्षेत्र नं. ४ का सांसदद्धारा लिखित ‘चौँरीको चाम्रो छुर्पि २’ बिमोचन

१, आश्विन २०७९
झापा क्षेत्र नं. ४ का सांसदद्धारा लिखित ‘चौँरीको चाम्रो छुर्पि २’ बिमोचन

आर्टिष्ट खबर/ भदौ, काठमाडौंँ ।

दुई वर्षअघि सार्वजनिक लोकप्रिय गीत ‘चौँरीको चाम्रो छुर्पि’ को दोस्रो भाग बिमोचन गरिएको छ । टंक बुढाथोकीको स्वर तथा संगीत रहेको यस गीतमा बालगायक अशोक दर्जी र एआर बुढाथोकीको पनि स्वर रहेको छ ।

शुक्रबार काठमाडौँमा एक कार्यक्रमबिच प्रमुख अतिथि पुर्व सभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले गीतको बिमोचन गरे । बिमोचन गर्दै नेम्वाङले गीतले दिएको सन्देशबारे चर्चा गरे । गीतकार एल.पी साँवा लिम्बुले लेखेको शब्दले मन छोएको भन्दै एल.पीको गीत लेख्ने कला आफूलाई यसअघि थाहा नभएको भन्दै तारिफ गरे । गीतमा टंक, अशोक र एआरको काम उत्कृष्ट भन्दै सफलताको शुभकामना दिए ।

यस्तै कार्यक्रममा बिशिष्ट अतिथि यसै गीतका गीतकार तथा झापा क्षेत्र नं ४ का संघिय सांसद एल.पी साँवा लिम्बुले गीत लेखनको समयलाई संमरण गरे । उनले आफूलाई पहिल्यै देखी कविता लेखनमा रुचि रहेको तर गीत पहिलो पटक लेखेको बताए । उनले भने, ‘माया प्रेम र देशभक्तिका गीतहरु बनिरहेको परिबेशमा एउटा पुर्ण देश प्रेमको गीत कमै बनेको पाउँछु । त्यसैले मेरो लेखन त्यता गयो ।’ साथै गीतकार लिम्बुले आगामी दिनमा गीत लेखनको कामलाई अघि बढाउने बताए ।

गीतका गायक तथा संगीतकार टंक बुढाथोकीले ‘चौँरीको चाम्रो छुर्पि २’ बनाउनका लागी गीतकार एल.पी सावा लिम्बुको ठुलो हात रहेको भन्दै अन्य सहयोगी हातहरुलाई पनि धन्यवाद ब्यक्त गरे । साथै बाल गायक अशोक दर्जीको उमेर बढ्दै गएकाले स्वरमा परिवर्तन भएकाले गीत रेकर्डको समयमा केहि समस्या आएको पनि संमरण गरे ।

बाल गायक अशोक दर्जीले आफूलाई गीत गायनका लागी टंक बुढाथोकीले ठुलो साथ दिएको र भोलीको दिनमा पनि टंकको साथमै रहेर अगाडी बढ्ने विश्वास राखे । गीतमा टंक, अशोक र एआरलाई बिक्रम थापाले साथ दिएका छन् । कार्यक्रमको सञ्चालन गोपिकृष्ण चापागाईंले गरेका थिए ।

यस्तै गीतको भिडियोमा टंक, अशोक र एआरलाई नै देख्न सकिन्छ । भिडियोलाई कबिराज गहतराजले कोरियोग्राफि तथा निर्देशन गरेका हुन् भने सुदिप बरालको सिनेमाटोग्राफर र सन्देश शाहको सम्पादन रहेको छ ।

सम्बन्धित समाचार

• 'तिम्रो मायाको सागर'मा बिमल र करुणाको प्रेमील जोडी

चैत, काठमाडौँ । नयाँ गीत 'तिम्रो मायाको सागर' सार्वजनिक गरिएको छ । भावना म्युजिक सोलुसनबाट

• बिनिताको 'नपाउने मायामा' अन्जली र देबेन्द्रको जोडी

चैत, काठमाडौँ । गायिका तथा म्युजिक भिडिओ निर्देशक बिनिता पौडेलले आफ्नो जन्मदिनको अवसरमा नयाँ म्युजिक

• बेराजगारीको समस्यालाइ उठाउँदै हरिवंशको नयाँ गीत 'मुटु फस्याथ्यो ' सार्वजनिक

चैत, काठमाडौँ । वरिष्ठ अभिनेता हरिवंश आचार्यको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । यसअघि

• ताजा अपडेट

धेरै पढिएको

ताजा अपडेट

© 2024 All right reserved to ArtistKhabar.com  | Site By : SobizTrend