मेक्सम खातीको ‘छोडी नजानु है’ लाई सकारात्मक प्रतिक्रिया

Posted on: November 08, 2022
आर्टिष्ट खबर/ कार्तिक, काठमाडौँ । 

गायक मेक्सम खातीको स्वरमा ‘छोडी नजानु है’ बोलको गीत सार्वजनिक गरिएको छ । मेक्सम–नरेश अफिसिय्ल युट्युबबाट सार्वजनिक गरिएको गीतको भिडियोलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ । गीतमा मेक्समकै शब्द तथा संगीत रहेको छ । 

गीतको भिडियो शिशिर खातीले निर्देशन गरेका छन् । भिडियोमा गायक मेक्समसँगै मोडल रेश्मा घिमिरेको अभिनय छ। गायक मेक्सक लामो समय अस्ट्रेलियामा बसेर नेपाल फर्किएका छन् । बिशेषगरी नेपालमा कोरोना भाइरसको संक्रमणको समयमा उनी अस्ट्रेलियामै थिए । अहिले नेपाल आएसँगै गीतसंगीतमा सक्रिए देखिएका छन् । केहि समय अघिमात्रै उनले बिवाह गरेका थिए । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]