
आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।
चलचित्र ‘बुलबुल’का नायक मुकुन भुषाल उर्फ ‘चोपेन्द्र’ले अभिनय गरेको ‘लुकीछिपी किन मायामा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। भिडियोमा मुकुनले नायिका तथा मोडल सुरबिना कार्कीसँगको अव्यक्त प्रेमलाई देख्न सकिन्छ ।गणेश सेन्चुरीको शब्द, संगीत तथा स्वर रहेको गीत ‘लुकीछिपी किन मायामा’ बोलको गीतमा एकापसमा मनपराउनेको अव्यक्त प्रेम झल्किन्छ।
भिडियो निर्देशक नविन चौहानले सामान्य प्रस्तुतिमा निकै राम्रो भिडियो बनाएका छन्। गाउँले परिवेशमा तयार पारिएको भिडियोले हिमाली जनजीवनलाई देखाएको छ। भिडियोमा मुकुन र सुरबिनासँगै मनिष तामाङ तथा अनु काफ्ले फिचर्ड छन्। भिडियोमा निशल पौडेलको छायांकन, भीम विश्वकर्माको सम्पादन छ। गीतमा कोबिद बज्रको म्युजिक एरेन्ज, मिक्सिङ र मास्टरिङ छ भने सार्दुल श्रेष्ठको साउन्ड इन्जिनियरिङको काम गरेका छन्। भिडियोमा संजीब रत्न शाक्यले रंग संयोजन गरेका छन् । भिडियोलाई आर्टमान्टु नेपालले निर्माण गरेको हो।
song:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: