हलिउडकी ओल्गा कुरलेन्को कोरोनाबाट संक्रमित

Posted on: March 17, 2020
(एजेन्सी)

हलिउडकी अभिनेत्री ओल्गा कुरलेन्को कोरोनाभाइरसबाट संक्रमित भएकी छन्। जेम्स बान्डको फिल्म ‘क्वान्टम अफ सोलेस’की ४० वर्षीया ओल्गालाई कोरोनाभाइरस ‘पोजेटिभ’ देखिएपछि आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी गराएकी छिन्।


उनलाई सुरुमा ज्वरो आएको र थकान महसुस हुने जस्ता लक्षणहरु देखिएका थिए । त्यसपछि उनले कोरोनाभाइरस टेस्ट गराएकी थिइन्। टेस्ट गदा कोरोनाभाइरस पोजेटिभ देखाएपछिआफू कोठाबाट बाहिर ननिस्कएको जानकारी गराएकी छन् । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]