
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।
डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन’ आजबाट प्रसारणमा आउने भएको छ । मौलिक डान्सिङ रियालिटी शो भनिएको यस डान्स च्याम्पियनलाई इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.ली.ले कि एडभर्टाइजिङ सर्भिस प्रा.ली.का लागि यस कार्यक्रम उत्पादन गरेको हो ।
डेढ महिना अघि घोषणा गरिएको यस शो यस अघि कात्तिक २५ गतेबाट प्रसारणमा आउने भनिएको थियो । तर पछि प्राविधिक समस्या देखाउँदै सारिएको थियो । अब भने सम्पुर्ण काम सकिएको र आज राती ९ बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने बताइएको छ । साथै ओएसआर डिजिटलको युट्युवमार्फत पनि हेर्न सकिनेछ । शोलाई गजित बिष्टले निर्देशन गरेका छन् भने निर्णायकमा लोकप्रिय अभिनेत्री निरुता सिंह, डान्सर आश्मा विश्वकर्मा र कोरियोग्राफर जगत रावल रहेका छन् ।
यस्तै शोमा होस्टको रुपमा भने उमेश राई (फुलन्देकी आमा) र निशान्त कटुवाल रहेका छन् । निर्देशक बिष्टका अनुसार शोमा बिजेता हुनेका लागी २५ लाख रुपैंया धनराशी पुरस्कार राखिएको छ । कार्यक्रम ३४ भागको रहनेछ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । आगामी जेठ १४ शनिबार काठमाडौंको दशर
May 24, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: