‘मिष्टर नेपाल २०२२’ का लागि आवेदन खुल्ला

२०, मंसिर २०७८
‘मिष्टर नेपाल २०२२’ का लागि आवेदन खुल्ला

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

पुरुषहरुको सौन्दर्य प्रतियोगिता ‘मिष्टर नेपाल’ आगामी बर्षका लागी पनि आयोजना गरिने भएको छ । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिताका  यस बर्षबाट चिरपरिचित आयोजक नेक्स्ट मोडल्स नेपालले गर्ने भएको हो । आयोजक नेक्स्ट मोडल्सले ‘मिष्टर नेपाल २०२२’ का लागि आवेदन समेत खुल्ला गरेको छ ।

नेक्स्ट मोडल्सले जारी गरेको बिज्ञप्तीमा १८ बर्षदेखि ३२ बर्ष ननाघेका युवाहरुले प्रतियोगीताका लागि आवेदन दिनसक्ने उल्लेख गरिएको छ । प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ८ इन्च माथि उचाही भएका नेपाली नागरिकले मात्र सहभागीता जनाउन सक्नेछन् ।

प्रतियोगिताको अडिसन आगामी माघको दोस्रो सातादेखि सुरु हँुदैछ । यो बर्षबाट आयोजकले बिभिन्न जिल्लामा आयोजना हुने स्थानिय सौदर्य प्रतियोगिताका विजेतालाई समेत सहभागीको अवसर प्रदान गर्ने भएको छ ।

‘मिष्टर वल्र्ड’ मा नेपालको सहभागीता अझ दर्विलो बनाउन र प्रतियोगीतालाई थप उचाही दिने उदेश्यका साथ आफुले ‘मिष्टर नेपाल’ मा जोडिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताउनु भयो । देशैभरि छरिएर रहेको प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगीतामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी बिषयको प्रशिक्षणमा सहभागी गराइनेछ ।

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो ।

सम्बन्धित समाचार

• ‘एफएलएफ अवार्ड २०७९’को मनोनयन पत्र वितरण

माघ, काठमाडौं । लिम्बु भाषा, सस्कृतिमा बनेका चलचित्र र म्युजिक भिडियोको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड

• नेपाली कला–संस्कृति प्रवर्द्धनको लागि जर्मनीमा कार्यक्रम गरिने

माघ, काठमाडौँ । नेपाली कला–संस्कृतिको उत्थान र प्रवर्द्धनका लागि जर्मनीको बर्लिनमा बिशेष कार्यक्रम हुने भएको

• रक्ष कुमार राईद्धारा थप दुई बिधामा बिश्व किर्तिमान दाबी

माघ, काठमाडौँ ।दुई विधामा चार वटा रेकंड राखेर गिनिज बुक्समा आफ्नो नाम लेखाई सकेका रक्ष

• ताजा अपडेट

धेरै पढिएको

ताजा अपडेट

© 2024 All right reserved to ArtistKhabar.com  | Site By : SobizTrend