
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
काठमाडौं मलको चौथों तल्लामा रहेको फेसियल हाउसले आफ्नो १४ औं बार्षिक उत्सव मनाएको छ । गएको शनिबार मनाइएको बार्षिकोेत्सवमा उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, नायिका पुजा शर्मा, निर्देशक शोभित बस्नेत, नायकद्धय दिकपाल कार्की र यशराज गराच पुगेका थिए । उनीहरुले, केक काट्दै फेसियल हाउसलाई शुभकामना दिए ।
फेसियल हाउसकी संचालीका सुष्मा महराले विगत १४ बर्षदेखि आम मानिसकोे विश्वास जित्दै अगाडि बढ्न सहज नभएपनि आफूहरुले चुनौती सामना गर्दै काम गरेको बताइन् । उनका अनुसार, काठमाडौैं भित्र ३ वटा र मोेफसलमा २ वटा शाखा संचालनमा छन् । कार्यक्रममा फेसियल हाउसमा काम गरिरहेका कर्मचारीहरुलाई विभिन्न विधामा अवार्ड समेत प्रदान गरिएकोे थियो ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: