
आर्टिष्ट खबर, पुस, काठमाडौं
भारतको टिभी सिरिज ‘क्राइम पेट्रोल’ को नेपाली फ्रेन्चाइजको प्रिमियर गरिएको छ । कलाकार दीपकराज गिरीले होस्ट गर्ने यस टिभी सिरिज ग्यालेक्सी फोके टेलिभिजनबाट प्रसारण हुँदैछ ।
शुक्रबार राजधानीको बिग मूभिजमा रंगपत्रकार तथा फिल्मकर्मी माझ सिरिज प्रिमियर गरिएको हो । टेलिभिजनबाट प्रसारण गर्नु पूर्व सिरिजको प्रचार प्रसार गर्ने उद्देश्यले निर्माण युनिटले यसको प्रिमियर गरेको हो । सिरिज विशाल सापकोटाले निर्देशन गर्नुभएको हो । सिरिज आगामी बुधबारदेखि ग्यालेक्सी फोरके टिभीबाट प्रसारणमा आउने जानकारी गराइयो ।
कार्यक्रममा कलाकार दीपकले सिरिजको होस्ट आफ्नो सिक्ने प्रयास रहेको बताउनुभयो । उहाले भन्नुभयो, ‘खोलभन्दा चाउचाउ स्वादिष्ट हुनुपर्छ । म खोलमात्र हुँ । चाउचाउ सिरिज हो ।’ टेलिभिजनका प्रबन्ध निर्देशक र रवि लामिछानेले गुणस्तरीय कार्यक्रम उत्पादन गर्ने क्रममा सिरिज ल्याउन लागेको बताउनु भयो ।
‘क्राइम पेट्रोल’ सम्पदा मल्ल र उहाको टिमले निर्माण गर्न लागेको हो । सोनी टिभीमा प्रसारण भएको यो श्रृंखलाको केही भाग समेत लेखन गर्नुभएकी मल्लले ‘क्राइम पेट्रोल’ मा लेखनको अलवा क्रिएटिभ प्रोडुसरको जिम्मेवारी समेत निर्वाह गर्नुभएको छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: